महिलालाई उनकै रोजगारदाताले घाँटी रेटेर हत्या गरे

झापा- काँकडभिट्टामा एक महिला कामदारको हत्या भएको छ । उनलाई रोजगारदाता होटल सञ्चालकले नै हत्या गरेको अभियोग लागेको छ । ति महिलाको घाँटी रेटेर हत्या गरिएको हो । काँकडभिट्टामा रहेको सिलोङ होटलका सञ्चालक विजय लामा(२६)ले आफ्नै होटलमा काम गर्ने मजदुर बिर्तामोडकी मन्दिरा विक(२०)को घाँटी रेटेर हत्या गरेका हुन्। होटलमा विजय, मन्दिरा र अर्का कामदार कुमार तामाङ थिए । रातभरि रक्सि खाएर बसेका उनीहरु एक अर्कामा झगडा गर्न शुरु गरे । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनीहरु मध्ये मन्दिराले विजयलाई मोबाइल, घडी पैसा चोरेको आरोप लगाएपछि आवेशमा आएर छुरीले घाँटी रेटेको बताइएको छ । बिहानको राति १ बजे छुरीले घाँटी रेटेर हत्या गरेपछि लामाले मन्दिराको शव कम्वलमा बेरेर होटलदेखि २ सय मिटर पश्चिम सडक छेउको नालामा फ्याँकेका थिए । विजय र कुमारले नालामा राखेपछि सडक छेउमा पार्किङ गरेर राखिएको जिपमा ठोक्किएका थिए । जिपमा ठोकिएका उनीहरु जिपको साइरन बज्न थालेपछि भागेको स्थानीयवासीले बताए । साइरन बजेपछि जिप धनी र गाउँले उठेर हेर्दा नजिकै नालामा घोप्टो पारेर महिला फ्याँकेको देखे । प्रहरीलाई खबर गरेपछि उनीहरुलाई ५ सय मिटर पश्चिम लुकिरहेको अवस्थामा गाउँले र प्रहरीले भेटेका थिए । यो पनि पढ्नुुहोस् खबर आयो,शव आएन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय