दामोदर दाहाल, युएई – नेपालमा आएको विनाशकारी भूकम्पले देश गुज्रिरहेको अवस्थामा प्रवासबाट बिभिन्न सामाजिक संघ संस्थाले सहयोग गर्ने क्रममा जिफन्ट सपोर्ट ग्रुप युएईले नेपाल स्थित केन्द्रीय कार्यालय मार्फत देशमा सहयोग पठाउने भएको छ । युएईमा रहेका नेपाली श्रमिकहरुको हक हितको लागि गत बर्ष मात्रै स्थापित भई सहयोगीको रुपमा क्रियाशिल रहेको जिफन्टले नेपालमा रहेको केन्द्रिय कार्यालय नेपाल ट्रेड युनियन महासंघ” को राहत कोषमा नगद रु १ लाख तथा ८० थान टेन्ट जुन महिनाको पहिलो हप्तासम्ममा हस्तान्तरण गर्ने भएको छ । जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष रामेश्वर भेटवालका अनुसार जिफन्ट युएईले संकलन गरेको ८० थान टेन्ट सचिव कल्पना राईको समुहले नेपाल पुर्याउने तथा नेपाल ट्रेड युनियन महासंघको सहयोगमा स्थलगत भ्रमणगरि वितरण गर्ने जिम्मा लगाइएको जानकारी गराएका छन्। सचिव राईका अनुसार ८० टेन्टमा प्रति थान टेन्टमा ५ जनाको परिवार आश्रित हुन सक्ने हुनाले ४ सय जना पिडितहरुले भएपनि सहयोग पाउने भएकोले आफु त्यसको लागि आफनै खर्चमा एक हप्ता नेपाल गएर सहयोग गर्ने जानकारी गराइन। अध्यक्ष भेटवालले यो जिफन्ट सपोर्ट ग्रुप युएईको प्रारम्भिक सहयोग भएको भन्दै आगामी दिनमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले टेन्ट उपलब्ध गराउन सहयोग गर्ने ग्रुपका सदस्य प्रबिण काजी श्रेष्ठ लगाएत सम्पूर्ण सहयोगी समुहलाई धन्यबाद दिएका छन् । यो पनि पढ्नुहोस् खबर आयो,शव आएन
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1