कामदार पाइएन

सिन्धुली- कमलामाई नगरपालिका ९ का चित्रलाल श्रेष्ठले भूकम्पले घर बस्न नहुने भएपछि सेनाको मद्दत लिएर भत्काए। भत्काएको दुई साता बित्न लाग्यो। उनी अझै त्रिपालमुनि छन्। घर बनाउने कामदार नपाउँदा उनले खाँबा ठड्याउनसमेत पाएनन्। कामदारको खोजीमा उनी भौतारिइरहेका छन्। ऋण गरेरै भए पनि घर बनाउन पैसा जोहो गरेको छु, तर कामदार पाइएन्, उनले भने, ‘मिस्त्री छैनन्, अन्य कामदार पनि पाइएन।’ सबैको घर भत्किएकाले भूकम्प कम प्रभावित जिल्लाबाट कामदार मगाउनुपर्ने उनले सुझाए। बाहिरी जिल्लामा सम्पर्क नहुने भएकाले सरकारी निकायले नै समन्वय गरि कामदार झिकाइदिनुपर्ने उनको राय छ। युवा शक्ति विदेशिएकाले गाउमा कामदार अभाव भएको हो। भएका पनि आफ्नै घर बनाउन व्यस्त छन्। स्थानीय कामदारलाई भ्याइनभ्याई छ, भोलिदेखि घर बनाउन आउँछु भन्छन्, तर भोलि कहिल्यै आएन। रोजगारीका लागि विदेशिएका कामदारलाई सरकारले फर्काएर आफ्नै देश निर्माणमा लगाउनुपर्ने श्रेष्ठले सुझाव दिए। लेबरले दिनको ६ सय र मिस्त्रीले ८ सयदेखि एक हजारसम्म लिने गरेका छन्। अब यही पन्ध्रदेखि २५ हजारसम्म महिनामै कमाइन्छ। श्रेष्ठको मात्र होइन, भीमेश्वर ३ राताटारका ५६ घर भूकम्पले भत्काएको छ। निर्माणका लागि कामदार छैनन्। दिउँसोको चर्को घाम लागेपछि जस्ताले छाएर बनाएको टहरोमा सावित्रा राई र उनका लालाबाला बस्नै मान्दैनन्। जस्ता तातेपछि पोल्छ, नानीहरू रुन थाल्छन्, अनि भग्नावशेष घरमै जानुपर्छ, सावित्राले भनिन्, अरू उपाय केही छैन। उनले घर बनाउन ऋण खोजेकी छन्। तर कामदार अभावमा थालेकै छैन। काम गर्ने मान्छे छैनन्, बारीको पाटामा कति दिन बस्नु, उनले पीडा सुनाइन्, जस्ता हालेर एकतले काठको घर बनाउन लागेकी छु तर कामदार नहुँदा सकिएन। सेनाका जागिरे श्रीमान् बिदा बस्न नपाउादा सबै काम आफैंले गर्नुपर्ने उनले बताइन्। उनी भन्छिन्, सरकारले कामदार पठाइदिने व्यवस्था गरे हुन्थ्यो। बरु हामीलाई राहतसाहत केही चाहिन्न। राताटार गाउँका सबैजसोले भत्किएको घरबाट जस्ता झिकेर बारीमा अस्थायी टहरा बनाएका छन्। त्यसले न घाम छेल्छ, न त पानी। गाउँका बालबालिका र वृद्धवृद्धा सबैजसो बिरामी छन्। हामीलाई खाना र नाना होइन, तत्काल बस्ने घर चाहिएको छ। कपिलाकोट कात्तिके खलंगाकी बिमला रानामगरले कामदारको अभावमा भत्किएको घरको भग्नावशेषसमेत सम्याउन सकेकी छैनन्। मान्छे पाइँदैन, घर बनाउन त परको कुरा उनी भन्छिन्। वर्षातमा समेत त्रिपालमै बस्नुपर्ने हो कि भन्ने छ, उनले भनिन्, ‘कामदार पाए जसोतसो सानो घर बनाउने थिएँ।’ उनका श्रीमान् रोजगारीका लागि विदेशिएका छन्। जिल्लाको क्षेत्र नं। २ र ३ का अधिकांश घर भत्किएका छन्। तर बनाउने मान्छे नपाउँदा अधिकांश सर्वसाधारण समस्यामा परेका छन्। कान्तिपुरबाट यो पनि पढ्नुहोस् एउटा सुचनाले जोगायो ४ लाख ८० हजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: