मलेसियामा ठूलो संख्यामा नेपाली पक्राउ

मलेसिया- अवौधानिकरुपमा काम गरिरहेको अवस्थामा मलेसियाबाट ३२ जना नेपाली पक्राउ परेका छन् । अवैधानिक विदेशी कामदारविरुद्ध धरपकड गरिरहेको मलेसियाको अध्यागमन विभागले केहडा राज्यको एक ग्लोब कम्पनीमा कार्यरत ती नेपालीलाइ पक्राउ गरेको यहाँको सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ । उनीहरुलाई कम्पनीमा काम गरिरहेकै अवस्थामा सोमबार पक्राउ गरिएको वार्नामाले उल्लेख गरेको छ । सो कम्पनीबाट ३२ नेपालीसहित ५४ जना आप्रबासी कामदार पक्राउ परेका समाचारमा जनाइएको छ । मलेसिया सरकारले एक वर्षदेखि अवैधानिक कामदारविरुद्ध ‘मलेसिया छोड अभियान’ सञ्चालन गरेको छ । अवैधानिक रहेका विदेशी कामदारलाई यहाँको अध्यागमन कार्यालयमा गएर आत्मसमर्पण गरी घर फर्कने मौका दिइएको छ । अवैधानिक कामदारले यहाँको सरकारले तोकेको जरिवाना तिरेर घर जान सक्ने प्रावधानको बेवास्ता गरी नेपाली श्रमिक अवौधानिकरुपमा काम गरिरहेका छन् । सोमबार प्रक्राउ पर्नेमा नेपालीसहित वंगलादेशी, म्यानमार, इन्डोनेसिया, चिनियाँ र फ्रान्सेली नागरिक रहेको समाचारमा जनाइएको छ । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् दुवईमा आइडल जिते नेपालीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय