ट्रस्ट सेक्युरिटीबाट भूकम्प पीडितलाई सहयोग

आरपी सहयात्री,यूएई– विनाशकारी भूकम्पमा परी घरबारविहीन भएका तथा घाइते नेपालीहरुको सहयोगका लागि अबुधाबीमा रहेको ट्रस्ट सेक्युरिटी सर्भिसका नेपालीहरुको सक्रियतामा नगद सहयोग नेपाल पठाइएको छ । लामो समयदेखि सेक्युरिटी अफिसरका रुपमा कार्यरत धनगढीका जितेन्द्र शाही तथा विराटनगरका भुवन शर्मा घिमिरेको पहलमा ३ हजार आठ सय ३८ दिराम्स( करिब १ लाख ३ हजार रुपैयाँ) एनआरएनको राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो । सहयोग अभियानमा भूकम्पका कारण घर भत्किएकाहरुले पनि सहयोग गरेको शाहीले बताएका छन् । सुरुमा सबैले सेक्युरिटीले एक दिनको तलब सहयोगका रुपमा पठाउने अभियान चलाए पनि भूकम्पबाट पीडितहरुले उत्साहका साथ सहयोग गरेको शाहीको अनुभव छ । सहयोग संकलनमा सहयोग गर्ने धादिङका सुमन रेग्मी, रामेश्वर भट्राई, कृष्ण बराल, निरज बोगटी, टाङछिरिङ लामा, सुनील खतिवडा, राजीव जोशीलगायत सहयोगीहरु सबैलाई शाहीले धन्यवाद दिदै राष्ट्रको विपत्तिमा आफ्नो कर्तव्य सम्झेर अघि बढ्न आग्रह गरेका छन् । यस अभियानमा नेपालीबाहेक भारतीय नागरिकहरुले पनि सहयोग गरेको शाहीले बताए । यो पनि पढ्नुहोस् युएईमा नेपथ्यको कार्यक्रममा किन आएनन् उनीहरु ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय