नेपालीद्धारा आत्महत्या

सोल- दक्षिण कोरियामा कार्यरत एक नेपालीले कम्पनी भित्रै आत्महत्या गरेका छन् । बाग्लुंगका तेजराज कँडेल(३१) ले शुक्रवार झुण्डिएर आत्महत्या गरेका हुन् । उनको नेपाल ठेगाना बागलुङको बिहु गाविस–५ रहेको छ । ख्यंगनाम बोइरोड सिन्वानस्थित कंक्रिट कम्पनीमा कार्यरत कँडेलले कम्पनीको मेशिनमा नै झुण्डिएर आत्महत्या गरेका हुन् । शुक्रबार साँझ साथीहरुसँगै खाना खाएर कोठामा सुत्न गएका उनी शनिबार बिहान मृत भेटिएका सोही कम्पनीमा कार्यरत कञ्चनपुरका लोकराज भट्टले जानकारी दिए । नौ महिना अघि कोरिया आएका उनको शरीर मेशिनमा पासो लागाइएको अवस्थामा भेटिएको थियो । कँडेलसँगै चारजना नेपाली सो कम्पनीमा कार्यरत छन् । स्नातकोत्तर उत्तीर्ण गरेका कोरिया आउनुअघि काठमाडौंको बसुन्धरास्थित एक उच्च माविमा गणित बिषयमा प्राध्यापन गर्दथे । कम्पनीको काम र पारिवारिक तनावबारे कुनै जानकारी नभएको उनका साथी भट्टले जानकारी दिए । शनिबार बिदा परेकोले कम्पनीमा पुग्न नसकिएको जानकारी दिँदै दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले प्रहरी रिपोर्ट आएपछि शव नेपाल पठाइने जानकारी दिए । नेपालमा मृतक कँडेलकी पत्नी, आमा, दुई दाजुभाइ र डेढ वर्षका छोरा छन् । गत सोमबारमात्रै कास्की लेखनाथका रामहरिले बरालले आत्महत्या गरेका थिए । यो पनि पढ्नुहोस् ‘अव त पैसा पनि जम्मा हुँदै गएको छ’ (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: