दुवईमा गाउँदै नेपाली महिला

दुवई- बेलुकीको सात बज्दै छ । अल कुजको महिला कामदार बस्ने लेवर क्याम्पमा एक नेपाली महिला हतार हतारमा छिन् । यहाँ गाडीमा सहयोगीको काम गर्ने, सरसफाईको क्षेत्रमा काम गर्ने तथा घरेलु कामदार महिला बस्दछन् । यहिं छिन् २७ बर्षिया कोपिला घिमिरे कार्की । कार्की एउटा स्कूलको गाडीमा सहयोगीको रुपमा काम गर्दछिन् । तर अहिले उनको परिचय यति मात्र होइन । उनी आप्रवासी कामदारका लागि हरेक बर्ष आयोजना गरिने स्मार्ट आइडलकी फाइनल चरणकी प्रतिस्पर्धी पनि हुन् । प्रतिस्पर्धाको फाइनल चरण विहिवार नै हुँदैछ । यस्तो प्रतियोगिता सन् २०१३ देखि आयोजना गर्न थालिएको हो । प्रतियोगिता गैर नाफामूखि संस्था स्मार्ट लाइफले आयोजना गर्ने गर्दछ । आप्रवासी कामदारलाई मनोरञ्जनसँगै उनीहरुको क्षमता देखाउने अवशरका रुपमा समेत यस प्रतियोगितालाई लिने गरिएको छ । यसपटक देखि महिला प्रतिस्पर्धीलाई समेत सामेल गरिएको हो । ६ सय आवेदकका बीचबाट पहिलो १ सय छानिएका थिए । र फाइनलमा १२ जना भिड्दैछन् । यसअघिका प्रतिस्पर्धा जित्दै कार्की फाइनल पुगेकी हुन् । फाइनलका प्रतिस्पर्धी मध्ये ४ जना महिला छन् । विजेताले ५ हजार दिरहम पुरस्कार पाउनेछन् । कार्की फुर्सदको समयमा भारतीय गायिकाहरु लता मंगेशकर, अनुराधा पोड्वालको गीत सुन्न मन पराउँछिन् । उनले कुनै गायन तथा संगित सम्वन्धि तालिम नलिएको बताएकी छिन् । तर उनले निक्कै राम्रोसँग गीत गाउने गरेको खवर युएईको अनलाइन द नेशनलले लेखेको छ । उनी फाइनलमा बहुत प्यार करते है तुमको सनम गाउँदै छिन् । नेपालमा हालैको विनाशकारी भूकम्पले कार्कीको घर पनि ध्वस्त बनाएको छ । “तर पनि म हाँसेर गाउँदै छु, किनकी प्रतियोगिता जित्न मलाई अनुहारमा हाँसो पनि देखाउनु पर्छ । तर मेरा अभिभावकहरु घर बाहिर पालमा बसिरहेका छन्, यसले मेरो मन छियाछिया हुन्छ” उनले भनेकी छिन् । “मैले प्रतियोगिता जितें भनें त्यो पैसा घर बनाउन सहयोग हुन्छ” दुई बर्षदेखि दुवईमा कार्यरत कार्कीले भनेकी छिन् । यो पनि पढ्नुहोस् विदेशमा जेल परेका र अप्ठ्यारोमा रहेकालाई घर फर्काउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय