बैदेशिक रोजगार सम्बन्धी प्रशिक्षण सम्पन्न

चन्दनकुमार यादव, राजबिराज ६ जेठ- सकेसम्म स्वदेशमै रोजगारी गरौ, बिदेश जाने नै भए सीप सिकेर सुचना लिएर मात्र जाऔं भन्ने सन्देश सहित बैदेशिक रोजगारी सम्बन्धी सामाजिक शिक्षकहरुलाई दुई दिने तालिम राजविराजमा सम्पन्न भएको छ । तालिम सुरक्षित आप्रवासन परियोजना सामी, हेल्भेटास स्वीसईन्टर कोपरेशन नेपालको सहयोगमा सवल नेपालले आयोजना गरेको हो । तालिमको सहजिकरण देश परदेश अनलाईनका सम्पादक सुनिल न्योपाने, सामी÷हेल्भेटास नेपालका कार्यक्रम अधिकृत बिजय ठाकुर, सामीका जिल्ला परियोजना संयोजक देव नारायण चौधरी, सवल नेपालका परियोजना संयोजक अशोक कुमार साहले सहजिकरण गरेका थिए । प्रशिक्षक न्यौपानेले धनुषा, महोतरी, सिरहा, सप्तरी लगायतका जिल्लाबाट धेरै नेपाली बैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो तालिममा गाउँ गाउँमा सचेतना फैलाउन सहयोग पुग्ने बताए । यसैगरी सामीका कार्यक्रम अधिकृत ठाकुरले भूकम्प पछि तत्कालिन राहतका रुपमा समेत सरकारले विदेशमा रहेका पीडित कामदारका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको बताएका थिए । उनले बैदेशिक रोजगारीमा जानै नै भएमा सुचना लिएर तथा सीप सिकेर मात्र जान प्रेरित गरिनुपर्ने बताए । सामीका जिल्ला परियोजना संयोजक यादवले सामीले नेपालमा गरिरहेका काम तथा सप्तरी जिल्लामा बैदेशिक रोजगारीलाई सुरक्षित र उपलव्धीमूलक बनाउन भइरहेका प्रयासका बारेमा जानकारी गराएका थिए । तालिममा बिभिन्न सामुदायीक बिद्यालयका ३० जना शिक्षक शिक्षिकाहरु सहभागी थिए । बैदेशिक रोजगारमा जानु अघि,जाँदा खेरी र गईसकेपछि अपराउनु पर्ने सावधानी बिद्यार्थी तथा अभिभावकका बीचमा पुर्याउने उद्धेश्यले आयोजना गरिएको हो । बैदेशिक रोजगार असुरक्षित बन्दै गएकोले आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई सुचनामा पहुच पुर्याउने उद्धेश्यले तालिम आयोजना गरिएको सवल नेपालका परियोजना संयोजक असोक कुमार साहले बताए । उक्त कार्यक्रममा बु.बि.मु.उच्च.मा.बि.भगवतपुरका शिक्षिका शर्मिला चौधरी, नि.मा.बि.ललापटीका प्र.अ. नारायण यादवले सिकेका कुरालाई गाउँ गाउँमा सन्देश फैलाउनु पर्ने बताए । यो पनि पढ्नुहोस् कतारबाट फर्केर न्याय खोज्दै  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय