कोरियाली भाषा परिक्षा असोज पहिलो हप्ता हुने

सोल-  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्ता हुने निश्चित भएको छ । सोमबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले निर्णय गरे अनुसार असोज २ र ३ गते गते परीक्षा सञ्चालन हुने भएको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनहरुका कारण पूर्व निर्धारण गरिएको जेष्ठ ३० र ३१ गते छैटौं कोरियन भाषा परीक्षा सञ्चालन गर्न असहज भएपछि एचआरडी कोरियासँग भएको समझदारी बमोजिम असोजमा सारिएको हो । ईपीएस परीक्षा यसअघि काठमाडौंमा मात्र परीक्षा सञ्चालन हुँदै आएकोमा यो बर्षदेखि काठमाडौं र पोखरासहित दुई केन्द्रबाट सञ्चालन हुने ईपीएस शाखा नेपालले जनाएको छ । उपत्यका बाहिर परीक्षा सञ्चालन हुन लागेको यो पहिलो पटक हो । परीक्षाफल कात्तिक महिनामा प्रकाशित हुने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बस्तोलाले बताए । एचआरडी कोरियासँग परामर्श गरेर दुई हप्ताभित्र परीक्षाको विस्तृत विवरण सार्वजनिक गरिने बास्तोलाले बताए । विस्तृत विवरणमा परीक्षा केन्द्र, स्कील टेस्ट, जब एप्लिकेसन, मेडिकल टेस्टका मिति तोकिने छन् । परीक्षाको कोर्समा कुनै परिवर्तन नभएको पनि बास्तोलाले जनाए । छैटौं भाषा परीक्षाका लागि गत २०७२ वैशाख ३ देखि ६ गतेसम्म आवेदन संकलन गरिएको थियो । काठमाडौं उपत्यकाभित्र पाँच स्थान र उपत्यका बाहिर पाँच क्षेत्रबाट ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए । कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष कामदारको रुपमा २०१६ को कोटाबाट भित्र्याउने गरि लिन लागिएको यो बर्षको परीक्षाबाट उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार २ सय गरि ७ हजार १ सय अनुमानित उतीर्ण सङ्ख्या एचआरडी कोरियाले तोकेको छ । कोरियाले औद्योगीक उत्पादन, कृषि, मत्स्य,कन्स्ट्रक्सन र सेवा क्षेत्रमा आवश्यक पर्ने अदक्ष कामदार नेपालसहित १५ मुलुकबाट आपूति गर्दै आएको छ । नेपाली कामदार भने औद्योगीक उत्पादन र कृषि क्षेत्रमा मात्र आउने गरेका छन् । नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा यस सम्बन्धी एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवा कोरिया आउन सुरु गरेका हुन् । थोरै लागतमा मासिक १ रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले कोरिया नेपाली युवाहरुको आकर्षक वैदेशिक रोजगार गन्तब्य बनेको छ । हाल २८ हजार नेपाली युवा यहाँ कार्यरत छन् । कान्तिपुरबाट यो पनि पढ्नुहोस् पुष्पकमललाई मुग्लानेको पत्र

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: