कतारबाट फर्केर न्याय खोज्दै

कतारमा राम्रो काम पाउने आशमा थिए उनी । त्यसैका लागि भनेर उनले सप्तरीकै धनगढीका एजेण्ट हरिनारायण यादवलाई एक बर्ष अघि नै पासपोर्ट बुझाएका थिए । भिसा आउन ठ्याक्कै एक बर्ष लाग्यो । यसबीचमा एजेण्टले अनेकथरी बहाना बनाइरहे । सप्तरीको फूल्काही १ का १९ बर्षिय दिपेन्द्रकुमार यादवको रुचि थियो ईलेक्ट्रिसियनमा जाने । त्यसका लागि उनले काठमाडौंमा त्यहि अनुसारको काम पनि सिकेका थिए ठेकेदारको साथ लागेर । त्यहि सीप अनुसारको काममा कतार गएर केहि कमाउने धोको थियो उनको । एजेण्टले पनि सोही काममा कतारबाट भिसा आएको बताए पछि उनले सपना देख्न थाले मनग्गे आम्दानीको । भिसा आएको एक हप्ता नवित्दै उनी कतारका लागि उडे, एजेण्टलाई एक लाख बुझाएर । दिपेन्द्रको लागि बैदेशिक रोजगारमा जाने प्रकृयाको सवै काम एजेण्टले नै गरिदिएका थिए । त्यसैले कहाँ सोध्नुपर्छ, के सोध्नुपर्छ उनलाई थाहा पनि थिएन । तिनै एजेण्टले राम्रो कम्पनी भएको, खानेबस्ने सुविधा भएको र तलव मासिक ९ सय रियाल हुन्छ भनेपछि उनले त्यसैमा भर गरेका थिए । ९ कक्षासम्म पढेका दिपेन्द्रलाई न त सम्झौतापत्र पढ्नुपर्छ भन्ने ज्ञान थियो न त उनले छिमेकी गाउँको एजेण्टलाई अविश्वास नै गरे । त्यसमाथि उनलाई एजेण्टले सवै कागजपत्र विमानस्थल छिर्नु एकघण्टा अगाडी मात्र दिएका थिए । त्यसैले उनले त्यो पढ्ने फुर्सद पनि पाएनन् । “मलाई त्यसरी ठगिन्छ भन्ने थाहै थिएन” सामी हेल्भेटासको सहयोगमा गणेशमानसिंह स्मारक फाउण्डेसनद्धारा सप्तरीको राजविराजमा सञ्चालित सुचना तथा परामर्श केन्द्रमा सहयोगका लागि आइपुगेको दिपेन्द्रले भने । गत बैशाख १ गते उनी उडे कतार । तर जव उनी कतार पुगे अनी बल्ल थाहा पाए उनी ठूलो ठगिमा परेछन् । न त उनी गएको कम्पनी उनलाई भनिएजस्तो ठूलो र राम्रो थियो न त ईलेक्ट्रिसियनको काम नै । उनी गएको ब्रिजइण्डिया इन्टरनेशनल कम्पनी एउटा सप्लाई कम्पनी थियो । १५ जना नेपाली र ५ जना भारतीय गरी २० जना कामदार भएको सो कम्पनीमा कामको कुनै ठेगान थिएन । यसबीचमा उनले नेपालमा एजेण्टलाई फोन गरेर आफू नेपाल फर्किन चाहेको भन्दै फकाईदिन धेरैपटक अनुरोध पनि गरे । एजेण्टलाई फोन गरें । “सप्लाई कम्पनी रहेछ, मेसनको काममा म गर्न सक्दिन भन्दा एक दुई बर्ष काटेर फर्केर आइज भन्थ्योे । अनी फ्रि भिसामा रहेछ, मसँग लिएको पैसा कहाँ लगिस् भनेर सोध्दा केहि जवाफ दिंदैनथ्यो” दिपेन्द्र भन्छन् । उनले आफू अग्लो ठाउँमा निर्माणको काममा खट्न नसक्ने भन्दै घर फर्काइदिन उनले जतिपटक कर गरेपनि कम्पनी टसको मस भएन । तर यहिबीचमा उनी ठूलै दुर्घटनामा परे । एउटा भवनको माथिल्लो तल्लाबाट लडेका उनी संयोगले बाँचे तर खुट्टामा रडले घोचेर गहिरो चोट लाग्यो । तर कम्पनीले कुनै उपचार गरेन । “यो कम्पनीमा मान्छे मर्यो भनें पनि केहि पाउँदैनस्, हामीले त फ्रि भिसामा मान्छे मगाएको हो केहि दिने चलन छैन भन्थ्यो” उनले बताए ।Dipendra Yadhav घाइते भएपछि उनले आफ्नै रकममा केहिदिन उपचार गराए । र, निक्कै प्रयत्नपछि घरबाट २३ हजार रुपैंयाँ मगाएर आफ्नै खर्चमा उनी नेपाल फर्किए । नेपाल फर्केपछि उनले आफ्नो पैसा फिर्ता माग्दा अर्को देशमा पठाइदिन्छु भन्दै एजेण्टले झुलाइरहेको छ । “म जान्न पैसा फिर्ता दे भन्दा पैसा छैन भनेर आलटाल गरिरहेको छ मलाई सहयोग गरिदिनुपर्यो” सुचना केन्द्रमा निवेदन दिन आएका दिपेन्द्रले भने । तर उनलाई पठाउने एजेण्टलाई टेलिफोनमा सम्पर्क गर्दा आफूलार्ई दिपेन्द्रले नेपाल फर्केर कुनै सम्पर्क नगरेको दावी गरेको सुचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता नीता चौधरी बताउँछिन् । चौधरीका अनुसार दिपेन्द्रको साथमा सम्झौतापत्र लगायतका कागजात नभएपनि एसएमएसबाट जाँच गर्दा उनलाई मासिक ११ सय रियाल तलव हुनेगरी मेसनको काममा पठाइएको देखिन्छ । गतिलो कमाई हुने आशामा बैदेशिक रोजगारीमा गएका दिपेन्द्र अहिले आफूलाई न्याय दिलाइदिन भन्दै सहयोग खोज्दै हिंडिरहेका छन् । दुई कठ्ठा जग्गा धितोमा राखेर व्याजमा लिएको एक लाख ऋणको व्याज बढ्दै गइरहेकाले उनी थप चिन्तित छन् । रकम दिंदा भर्पाइ नगरेका दिपेन्द्रलाई सुरुमा आवश्यक सहयोगका लागि प्रहरीमा निवेदन दिन सुझाव दिइएको र सोही अनुसार प्रकृया अगाडी बढाइएको सुचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता चौधरीले बताइन् । देवविलाश यादव, सप्तरी यो पनि पढ्नुहोस् बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय