कोरियामा विष्फोटमा परेर एक नेपालीको मृत्यु

सोल, दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उनको मृत्यु आल्मुनियम बिस्फोटमा परेर भएको जनाइएको छ । ख्यङगीदो फेन्थेकमा रहेको फोङजन पिछल नामक आल्मुनियम कम्पनीमा कार्यरत दाङ रामपुरका अतिउल्लाह खानको शुक्रबार अल्मुनियमको पोर्मिल धुलो हाल्ने क्रममा बिस्फोट भएर उपचार क्रममा मृत्यु भएको हो । घटनापछि उनलाई उपचार गर्न हेलिकप्टरमा हालेर सोलमा रहेको हालिम युनिभसिर्टी मेडिकल सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकहरुले खानलाई मृत घोषणा गरेको थिए । अल्मुनियमको धुलो बिस्फोटन भएकोबारे कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको कम्पनी स्रोतले जनाएको छ । सोलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिलकुमार गुरुङ शुक्रबार नै घटनास्थलमा पुगेर जानकारी लिएका थिए । शव यङदम्पोको एक अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदन आएपछि घटनाको विवरण थाहा हुने सोलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए । प्रतिवेदन सोमबार आउने सम्भावना रहेको छ । त्यस्तै दुर्घटनामा परेर खानसंगै काम गरिरहेका बारा हरैया नयाँबस्तीका हरि सुवेदी गम्भीर घाइते भएका छन् । त्यहाँ कार्यरत एक नेपाली कामदारका अनुसार सुवेदीको अवस्था चिन्ताजनक रहेको छ । कान्तिपुरबाट यो पनि पढ्नुहोस् कुवेतको एक कम्पनीले आफ्ना कर्मचारीको घर बनाइदिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय