कुवेतको एक कम्पनीले आफ्ना कर्मचारीको घर बनाइदिने

कुवेत- कुबेतको उत्कृस्ट कम्पनीको रुपमा चिनिएको युसुफ अहमद अल्घानिम कम्पनीले गत नेपालमा आएको विनासकारी भूकम्पले पुर्णरुपमा क्षति भएका आफ्ना कम्पनीमा कार्यरत नेपाली कामदारहरुको घर पुननिर्माण गरिदिने निर्णय गरेको छ। नेपालीहरुको दुखमा मलम लगाउन राहत संकलन समेत तिब्र पारेको उक्त कम्पनीले गत बुधबार कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाललाई भेट गरि यस्तो जानकारी गराएको हो । अल्घानिम सेक्युरिटी ग्रुपका म्यानेजर नेत्र लिम्बु सहित कम्पनीका बिशेष व्यक्तिहरु नेपाली दुताबास पुगेका थिए । कम्पनीले दिएको जानकारी अनुसार लिम्बुको नेतृत्वमा आधिकारिक जानकारी र अबलोकन गर्न एक टोली नेपाल जाने भएको छ। उक्त टोलीले कम्पनीले तोकेको मापदण्ड अनुशार सम्बन्धित भूकम्प पिडीत नेपाली कामदारको घरमा पुगी पूर्ण विवरण लिने बुझिएको छ । महाभुकम्प आएको १५ दिन नवित्दै थप अर्को भुकम्प आएर धेरैको बेघरबार बनाएको अवस्थामा उक्त कम्पनीले नेपालीहरुका लागि के सहयोग गर्दा उपयुक्त हुन्छ भनेर परामर्शका लागि दुतावास पुगेको थियो । अल्घानिम कम्पनीको सुरक्षा क्षेत्रको पुरै शाक्ति लगभग नेपालीहरुको छ भने नेतृत्व तहमा पनि नेपालीहरु छन । यसरी नै सेल्स लगायत अन्य क्षेत्रमा पनि नेपालीहरु कार्यरत छन । दुताबासमा छलफलको लागि नेत्र लिम्बुको साथमा कम्पनीका माथिल्लो तहका अधिकारीहरु गएका थिए । कुवेतका प्रतिष्ठित कम्पनी मध्ये एक अलघानिम कम्पनीका नेपाली कामदारहरुले यस अघि आपसमा संकलन गरेर नेपालको भुकम्प पीडितका लागि दुतावासमा नेपाली दुई लाख ९३ हजार ५ सय ७२ बुझाई सकेका छन । पिडितहरुको घर निर्माणको लागि कम्पनीले मापदण्ड तोकेको। तोकिएको मापदण्ड यसअनुसार रहेको छ: १. पीडितले भोगचलन गर्दै आएको घर पूर्ण रुपमा क्षतीग्रस्त भएको भए २. निजको क्षतीग्रस्त घर बाहेक अर्को बिकल्प नरहेको भए ३. निज पीडित ब्यक्ती डेरा गरी अन्य ठाउँमा नबसेको भए ४. मर्मत योग्य घरलाई मान्याता नदिइने नेपालकुवेत डटकमबाट यो पनि पढ्नुहोस् ‘सीप सिकाएर मात्र विदेश जान देउ’  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय