नेपाली धेरै भरपर्दाः मलेशियाली उपगृह मन्त्री

मलेशिया- मलेसियामा अरु देशको तुलनामा नेपाली कामदार बढी भरपर्दा र मेहनती रहेको मलेशियाली उपगृह मन्त्री दातुक श्री डा. हावी वान जुनाइदि त्वाङ्कु जाफारले बताएका छन् । सोही कारणले मलेशियाले हालसम्म नेपालीलाई मात्र सुरक्षागार्डमा रोजगारी दिएको समेत उनले बताए । मलेशियाका लागि नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यात र उपगृह मन्त्री जाफार बीचको भेटमा उनले सो बताएका हुन् । नेपाली दुतावासले जारी गरेको बिज्ञप्ती अनुसार भेटघाट पाँच महिनाअघि नेपाली दुतावासले मलेशिया सरकारलाई बुझाएको ८ बुँदे पत्रको छलफलमा केन्द्रीत थियो । सो अवशरमा नेपाली राजदुत बस्न्यातले मलेशियामा कार्यरत नेपालीले भोगिरहेका समस्याका बारेमा उपगृह मन्त्री जाफरलाई जानकारी गराएका थिए । भेटमा राजदुत बस्न्यातले नेपाली कामदारले मलेशियाको विमानस्थलदेखि नै दुःख पाउन सुरु गर्ने र यो काम कार्यस्थलमा पुगेर पनि नरोकिने बताएका थिए । यसैगरी अलेखवद्ध रुपमा मलेसियामा रहेका नेपालीलाई प्रहरीले पक्राउ गरमा उनीहरुलाई जेल भन्दा पनि सिधै डिटेन्सन क्याम्पमा पठाइनु पर्नेमा राजदुतले ध्यानाकर्षण गराएको विज्ञप्तीमा जनाइएको छ । यसैगरी सोही अवशरमा नेपाली राजदुत बस्न्यातले जेल तथा डिटेन्सन सेण्टरमा रहेका नेपालीलाई दिइने गरेको यातना, रोजगारदाताले पासपोर्ट कव्जा गरेर राख्ने समस्याका साथै समयमा भिषा नविकरण नगरिदिने लगायतका समस्याका बारेमा अवगत गराएका थिए । भेटमा उपगृहमन्त्री जाफारले नेपाली दुतावासले राखेका ८ बुँदे जानकारीपत्र गम्भीर रहेको भन्दै यस विषयमा छानविन भइरहेको बताएको नेपाली दुतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । उनले यस विषयमा निकट भविष्यमा मलेशियाको गृह, मानव संशाधन र अन्तराष्ट्रिय ब्यापार मन्त्रालय सम्मिलीत छलफल हुने र सकारात्मक नतिजा आउनेमा आश्वस्त पारेका थिए । यो पनि पढ्नुहोस् भूकम्प आउँदा नि तैंले सम्झिनस् ह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय