नेपालमा भूकम्पका ठूला दुई धक्का(अपडेट सहित)

काठमाडौं- नेपालमा फेरी भूकम्पका दुई ठूला धक्का लागेको छ । पहिलो भूकम्प १२ बजेर ५० मिनेटमा गएको थियो ।  नेपाल टेलिभिजनका अनुसार सो भूकम्प ६ दशमलव ८ रेक्टर स्केलको रहेको थियो । भूकम्पको केन्द्रविन्दु दोलखा र सिन्धुपाल्चोक बीचमा रहेको छ । यसैगरी १ बजेर २० मिनेटमा ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । सो भूकम्पको केन्द्रविन्दु दोलखा रहेको थियो । त्रासका कारण धेरै मान्छे काठमाडौंका खुल्ला ठाउँमा जम्मा भएको नेपाल टेलिभिजनले जनाएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म क्षतिको कुनै विवरण आइसकेको छैन । कान्तिपुर एफएमका अनुसार काठमाडौंमा भूकम्प लगत्तै धुलो उडेको देखिएको थियो । जसका कारण घरहरु ढलेको अनुमान छ । अपडेट:  सिन्धुलिमा दुईजना अस्पताल भर्ना भएका छन् । भूकम्पले घरहरु भत्किएका छन् । मान्छे खुल्ला ठाउँमा बसेका छन् । सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक दिपक खरेलका अनुसार प्रारम्भीक जानकारी अनुसार ५ जनाको मृत्यु । एकसय भन्दा बढी घाइते । हेलिकप्टर पठाईदैछन् भक्तपुरको सल्लाघारीमा ५ तल्ले घर ध्वस्त भयो । संसदको बैठक बुधवार १ बजेसम्मका लागि स्थगित गरिएको छ दोलखामा घाइतेको संख्या ७० हाराहारी छ । १७ र ४ जना गरी २१ जनालाई काठमाडौं पठाइयो । पत्रकार दिपशंकर चौलागाईका अनुसार दोलखामा केहि घर ढलेका छन् । एउटा होटलमा चारजनाको र एउटा बैंकमा एकजनाको मृत्यु भएको छ । यसैगरी अन्य ठाउँमा गरी १० जनाको मृत्यु भएको छ । सेनाको हेलिकप्टरले घाइतेलाई ओसार्दैछ । सुनसरीमा एकजनाको मृत्यु, तीनजना घाइते भएको समाचार छ दुई हप्ता विद्यालय नखुल्ने ‪#‎NTV‬ विमानस्थल सुचारु, थाइ एयरवेजको विमान उड्यो सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु ‪#‎NTV‬    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय