दुबईमा “नेपाल दिल से” कार्यक्रम हुने

उत्तम अधिकारी, आबुधावी – शुक्रान वर्कर्स र एनआरएनए यूएईले मई १५ का दिन भूकम्प पिडितको सहयोगमा केन्द्रित रहने गरी दुबईमा “नेपाल दिल से” कार्यक्रम आयोजना गर्ने भएका छन् । नेपालका भूकम्प पिडित नागरिकलाई परिस्थिति अनुसारको आवस्यक सहयोग जुटाउन अवलम्बन गर्नुपर्ने उपायहरुका लागि यहि आउदो शुक्रवार “नेपाल दिल से” कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए यूएईले जनाएको छ । यूएईमा सामाजिक गतिविधिमा सकृय गैर नाफामुलक संस्था शुक्रान वर्कर्सले एनआरएनए यूएईसंगको समन्वयमा उक्त कार्यक्रम गर्न लागेको गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् । कार्यक्रम दुबईको इम्पेरीयल सुइट होटेलमा अपरान्ह ४ बजेबाट साँझ ७ बजेसम्म आयोजना हुन गइरहेको छ । “पहिलो पटक नेपाली समुदायले यहाँ कृयाशील अन्य समुदायसंग आपसी समन्वयमा आयोजना गर्न लागेको कार्यक्रम भएकाले हामी उत्सुक छौं । यसले भूकम्प पिडित नेपाली नागरिकको सहयोगार्थ उल्लेखनीय योगदान गर्दै यहाँका नेपाली संघ संस्था र अन्य समुदाय बीच सम्बन्ध विस्तार तथा सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने हामीले बिश्वास लिएका छौं” अध्यक्ष भुसालले भने । नेपालीको सहयोगका लागि अन्य समुदायका सदस्यहरुको पहलमा आयोजना हुन गइरहेकाले उक्त कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु तथा यूएईका आम नेपाली नागरिकहरुको उपस्थिति बाक्लो हुनसके कार्यक्रमको महत्व बढ्ने भुसाल बताउछन् । उपस्थितिका लागि उनले सबैलाई आग्रह पनि गरे । यूएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त कार्यक्रममा भारतीय दुतावासको तर्फबाट पनि सहभागिताका लागि शुक्रान वर्कर्स मार्फत पहल भइरहेको संघका महासचिव गोपाल कंडेलले बताए । शुक्रान वर्कर्स यूएईमा रहेका भारतीय नागरिकहरुद्वारा संचालित एक सामाजिक संस्था हो । सो कार्यक्रम नेपाली समुदायका लागि फलदायी हुनेमा एनआरएनए यूएईले बिश्वास व्यक्त गरेको छ । बैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण परिवारजन गुमाएका तथा घरवारबिहिन भएका कोहि भएमा पूर्व सम्पर्क गरी कार्यक्रममा सरिक हुनका लागि एनआरएनए यूएईले आग्रह गरेको छ । नेपालीको सहयोगका लागि आयोजना हुन गइरहेकाले उक्त कार्यक्रममा उपस्थितिका लागि यूएईका नेपालीहरु माझ एनआरएनए यूएईले अनुरोध गरेको छ । यो पनि पढ्नुहोस् भूकम्प आउँदा नि तैंले सम्झिनस् है

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय