फ्रि भिसामा बाहेक अन्यमा कामदार नपठाउने

काठमाडौं, सरकारले फ्रि भिसा बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रिभिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ । अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कुनै शुल्क बुझाउनु नपर्ने राज्यमन्त्रीको भनाई छ । यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएका थिए । यसबारेमा कतारी मन्त्रीले नै आपत्ति जनाए पनि सरकार सचेत भएको हो । मलेसिया लगायत केही मुलुकमा रहेको नेपाली दूतावासले यो समयमा छ महिनासम्म कुनै पनि बैदेशिक रोजगारीमा नपठाउन भन्दै सरकालाई पत्राचार गरेको छ । तर सरकारले फ्रि भिसामा भने निरन्तरता दिने भएपछि अन्य शुल्कमा जान नपाउने भएका हुन् । मलेसिया स्थित नेपाली दूतावासले अहिले नेपाली कामदार नपठाउन उचित हुने र यसपछि खुला गर्दा फ्रिमा मात्र पठाउँदा व्यवस्थापन र क्रस चेक गर्न सहज हुने जनाएको थियो । समस्या विदेशमा होइन समस्या रोजगार विभागमा गरिने चेकिङ र हुने सेटिङमा नै भएको एक अधिकारीले बताए । त्यसले ब्यवस्थापन गर्न सहज हुने भन्दै त्यसमा जोड दिएको हो । मलेसियाका लागि नेपाली राजदूत डा निरन्जनमान सिंह बस्न्यातले भने अहिले कामदार नपठाउन हामीले सरकारलाई आग्रह गरेका छौं । तर सरकारले अहिले फ्रि भिसालाई भने पठाउने भनेको छ । केही समय कसैलाई पनि नपठाएको खण्डमा रोजगार आवश्यक पर्ने मुलुकसँग समन्वय र मोलमोलाई गर्न समेत सहज हुने थियो । परराष्ट्र उच्चस्रोतका अनुसार साउदी र कतारले पनि त्यस्तै प्रकारको सन्देश सरकारलाई दिइसकेको छ । कतारले यसअघि नै सबैलाई फ्रि भिसा उपलब्ध गराएको भन्दै कसरी कामदारले पैसा तिरेको भनिरहेको अवस्थामा दुतावासले केही समय बन्द गराउदा राम्रो हुने सुझाव दिएको हो । राज्यमन्त्री गुरुङले भने अहिले ने सबै बन्द गर्दा असहज हुने हुनाले तत्कालको लागि फ्रि भिसामा भए पनि पठाउन पर्ने बताए । बन्द गर्न सुझावहरु आएका छन तर बन्द नै गर्न हुदैन, उनले भने । कान्तिपुरबाट यो पनि पढ्नुहोस् विदेशबाट नेपालीलाई घर फर्काउँदै कम्पनीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय