
क्वालालाम्पुर – मलेसियामा एक नेपाली युवक बेपत्ता भएका छन्। बैकुन्ठे २ भोजपुरका शक्तिराम गेलाल करिब १ महिना अघिदेखि मलेसियाको सेलंगर राज्यमा पर्ने मेरुबाट बेपत्ता भएको उनका साथी शान्ति नेपालले जानकारी दिएका छन्। नेपालका अनुसार गेलाल गत चैत १६ गते घरमा पैसा पठाउन भन्दै कोठाबाट आइएमई मनि ट्रान्सफर गएका थिए। ६ हजार रिङ्गेट (करिब १ लाख ७० हजार रुपैंया) लिएर उनि कोठाबाट निस्केका थिए। तर, गेलाल फर्केर नआएको नेपालले बताए। उनले पैसाको बिनिमय दर कम भएपछि केही महिनादेखि पैसा घर नपठाई आफैसँगै राखेका थिए। उनका अनुसार गेलाल बेपत्ता भएको जानकारी उनी कार्यरत कम्पनीलाई दिएपनि कम्पनीले खोजीमा चासो देखाएको छैन। गेलाल ५ वर्ष अगाडी बैदेशिक रोजगारीका लागि मलेसिया आएका थिए। मलेसिया हालसम्म धेरै नेपाली बेपत्ता भैसकेका छन्। बेपत्ता मध्य अधिकांशको अवस्था अज्ञात नै छ। केही भने यतै घरजम गरी बसेको अवस्थामा पनि भेटिने गरेका छन्। त्यसैगरी बेपत्ता भएकाहरु मृत अवस्थामा समेत भेटिने गर्छन्। नागरिकबाट यो पनि पढ्नुहोस् विदेशबाट घर फर्किन निःशुल्क टिकट