भूकम्प पीडितलाई आइएमईको राहत

काठमाडौं- भूकम्प पीडितलाई आईएमईले राहत सामग्री बाँडेको छ। पीडितको सहयोगार्थ आईएमई फाउन्डेसनले स्थापना गरेको आईएमई भूकम्प राहत कोष लाई दुई करोड रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराइएको छ। आईएमईका बजार तथा ब्यापार प्रवद्र्धन विभाग प्रमुख डेनियल डी श्रेष्ठका अनुसार भूकम्पबाट बढी प्रभावित भएको सिन्धुपाल्चोकमा आठ हजार चार सय किलोग्राम चामल, पाँच सय थान कम्बल, एक सय कार्टुन चाउचाउ, टर्चलाईट लगायतका राहत सामग्री पीडितलाई वितरण गरिएको हो। त्यस्तै सिन्धुपाल्चोककै माझीगाउँ गाविसका भूकम्प पीडितलाई छुट्टै पाँच हजार आठ सय किलोग्राम चामल, दुइ सय थान कम्बल लगायतका राहत सामग्री बाँडेको छ। शिखरपुर गाविसका पीडितलाई दुई हजार ६ सय किलोग्राम चामल, तीन सयवटा कम्बल, चाउचाउ तथा टर्चलाईट लगायतका राहत सामग्री वितरण गरिएको हो। भूकम्पबाट प्रभावित अन्य क्षेत्रमा पनि राहत पुर्‍याउने तयारी गरिरहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। यो पनि पढ्नुहोस् मोवाइलबाट नै महिनामा ३० हजार कमाइ (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय