खोटाङ- दोर्पामा आप्रवासी हकहित संरक्षण केन्द्र स्थापना गरिएको छ । केन्द्रले बैदेशिक रोजगारीमा जान चाहने युवालाई आवश्यक सल्लाह, सुझाव दिने काम गर्दछ । आप्रवासी हकहित केन्द्र खोटाङका १६ गाविस तथा एक नगरपालिकामा क्रियाशिल छ । जिल्लामा क्रियाशिल आप्रवासी हकहित संरक्षण केन्द्रले यी केन्द्रहरुलाई समन्वयको काम गर्दछ । आप्रवासी हकहित संरक्षण केन्द्रको वोर्ड गाविसको कार्यालयमा औपचारिक रुपमा राखेर केन्द्रको उद्घाटन गरीएको हो । केन्द्र उद्घाटन कार्यक्रम दोर्पा गाविसका गाविस सचिव तथा अध्यक्ष मोहन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा आप्रवासी हकहित संरक्षण केन्द्र गाउँ समन्वय समिति दोर्पाका पदाधिकारीहरु, वडा नागरीक मञ्चका पदाधिकारीहरु, स्थानिय राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रममा आप्रवासी हकहित संरक्षण केन्द्रको आवश्यकता र महत्वको वारेमा वक्ताहरुले बोलेका थिए । कार्यक्रमका वक्ताहरुले आप्रवासी हकहित संरक्षण केन्द्र स्थापना भएर गाउँका वैदेशिक रोजगारमा जान चाहने र गएका युवाहरुलाई सहयोग पुग्छ भन्नेमा आशावादी रहेको वताएका थिए । कार्यक्रममा जनसेवा समाज नेपाल सुरक्षित आप्रवासन परियोजनाका तर्फवाट रमेश राई, सन्तोष कुमार राई र नागेन्द्र यादवको उपस्थिती रहेको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष मनोज राईको अध्यक्षतमा भएको थियो । यो पनि पढ्नुहोस् साउदी स्थीत नेपाली दुतावासको अनुरोध
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1