
काठमाडौं- साउदी अरबको रियादस्थित नेपाली दूतावासले घर फर्किन चाहने भुकम्प पीडित नेपालीहरूलार्इ घर जान दिनका लागि रोजगारदाता कम्पनीहरू तथा सम्बन्धित पक्षलार्इ अनुरोध गरेको छ । दुतावासले विज्ञप्ती निकालेर भुकम्प पीडितहरुलाई स्वदेश फर्किन दिन आग्रह गरेको हो । भूकम्पका कारण परिवारजन गुमाएका, घरबार बिहिन बन्न पुगेका नेपाली कामदारहरूलार्इ रोजगारदाताले घर फर्किन नदिएको भन्दैै एनआरएन, साउदीले नेपाली नियोगलाई त्यस्तो अपिल गर्न आग्रह गरेको थियो । दूतावासका तर्फबाट राजदुत उदरयराज पाण्डेद्धारा जारी गरिएको पत्र सही समयमा आवश्यकता र समस्यालार्इ सम्वोधन गर्नेगरी आएको एनआरएन, साउदीले जनाएको छ । एनआरएन साउदीले घर जान नपाएकाहरूले अब दूतावासको यो पत्र रोजगारदातालार्इ देखाउन सक्ने जनाएको छ । पत्रमा आफन्त गुमाएकाहरुलाई अन्तिम संस्कार गर्न तथा घर भत्किएकाहरुलाई परिवारको व्यवस्थापनका लागि घर फर्किने वातावरण मिलाइदिन अनुरोध गरिएको छ । यो पनि पढ्नुहोस् भूकम्प पिडितलाई वितरण गरियो एनआरएन राहत प्याकेज