
क्वालालम्पुर- यसपटकको विनाशकारी भूकम्पले नेपालमा घरबार भत्काएका परिवारका आफन्तलाई मलेसियामा राहत वितरण गरिएको छ । मलेशियाको पोर्ट क्लाङमा रहेको ए पी एम नामक कपनीमा काम गर्ने नेपालले संकलन गरेको सहयोग रकम सोही कम्पनीमा कार्यरत पिडीत नेपालीलाई दिएका हुन् । राहत वितरण ब्यवस्थापक प्रदिप पराजुलीका अनुसार सो कम्पनीमा कार्यरत १२ जना नेपालीको भूकम्पले नेपालमा घर भत्काइदिएको छ । कम्पनीका बिभिन्न विभागमा काम गर्ने नेपाली र मलेशिया तथा ताइवानको पोथाङ नामक संस्थाको सहकार्यमा रकम संकलन गरिएको हो । नेपालीबाट १ हजार ६ सय रिङ्गेट(४८ हजार २ सय ४० रुपैयाँ) र पोथाङबाट २ हजार ५ सय रिङ्गेट(७१ हजार रुपैँया) संकलन भएको थियो । सो रकम १२ जना नेपालीलाई दामासाही रुपमा ३ सय ५० रिङ्गेट(९ हजार ९ सय ४० रुपैयाँ) बितरण गरिएको छ । वितरण गरिएको रकम नेपालमा आफन्तलाई पठाउनु पर्ने र सो रकम पठाएको स्लिप समुहमा अनिवार्य बुझाउनु पर्ने छ । यो पनि पढ्नुहोस् ‘अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित)