श्रीमान् विदेशमा हुँदा परपुरुषसँगको यौन सम्वन्धले गयो ज्यान

इलाम– महिला पुरुषवीच हुने शारीरिक सम्पर्कलाई विवाहले वैधानिकता दिएको छ। तर, त्यस्तो सम्पर्क अरुसँग राख्दा पाँचथरकी एक युवतीले ज्यानै गुमाउनुपरेको छ, जसमा वैदेशिक रोजगारी पनि प्रमुख कारण देखिएको छ। ६ महिनाअघि विवाह गरेका श्रीमान् साउदी अरब गएपछि परपुरुषसँग शारीरिक सम्पर्क राखेकी पाँचथरको अमरपुर–९ की शान्ता तामाङको ५ महिनाको गर्भावस्थामा मृत्यु भएको हो। विवाह गर्नुअघि मोरङ बेलबारी–५ का पशुपति तामाङसँग प्रेम सम्बन्ध राख्दै आएकी शान्ताको अन्ततः उनै पशुपतिसँगको शारीरिक सम्पर्कबाट बसेको ५ महिनाको गर्भका कारण शनिवार मृत्यु भएको हो। बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएपछि शान्तालाई दमले मृत्यु भएकी बहिनी भन्दै पशुपतिले इलामको गुम्बाडाँडामा शव जलाउन खोज्दा अवैध सम्बन्ध खुलेको हो। ताप्लेजुङको फूलबारी–७ का रामप्रसाद तामाङसँग विवाह गरेकी २० वर्षीया शान्ताको पशुपतिसँग अवैध शारीरिक सम्पर्कपछि गर्भ रहेको र झापामा गर्भपतन गर्नेक्रममा गम्भीर हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान् बैदेशिक रोजगारीमा गएपछि अमरपुरस्थित माइतीघर बस्दै आएकी शान्ता पशुपतिसँगको सल्लाहबमोजिम गर्भपतन गर्न बैशाख १८ गते पाँचथरबाट बिर्तामोड झरेकी थिइन्। झापाको कञ्चनजंघा अस्पतालमा गरेको भिडियो एक्सरे बोकेर सुरुङ्गाको म्यारिगोल्ड सेन्टरमा गर्भपतन गराएको देखिएको छ इलामस्थित जिल्ला प्रहरी कार्यालयका सई मनिष थापाले भने, ५ महिनाको गर्भपतन गर्दा गम्भीर हुनपुगेकी शान्ताको थप उपचारक्रममा झापाकै मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको रहेछ। सुरुङ्गाकै म्यारिल्याण्ड सेन्टरले भने गर्भपतन गर्न नमानेको खुलेको छ। पक्राउ परेका पशुपतिले दिएको बयानअनुसार, तोकिएको अवधि नाघेको गर्भपतन गरेवापत म्यारिगोल्ड सेन्टरले १८ हजार रुपैयाँ लिएको थियो। अवैध सम्बन्धको प्रमाण बनेको गर्भ खेर फाल्न खर्चको जोहो गरेरै बेलबारीबाट बिर्तामोड आएका पशुपतिले गम्भीर भएपछि शनिबारै मनमोहन अस्पतालमा शान्तालाई भर्ना गरेका थिए। त्यहाँ ज्यान गएपछि पशुपतिले बहिनी भन्दै शान्ताको शव एम्वुलेन्समा इलामतर्फ ल्याएका थिए। अवैध सम्बन्धले गर्भ बसेको र त्यो पतन गर्नेक्रममा ज्यानै गएपछि अतालिएका पशुपतिले शान्ताको शव बाटैमा अन्त्येष्टि गर्न चाहेको देखिन्छ मुद्दा फाँटका सई थापाले भने, त्यसक्रममा चुरेघाँटी नजिकैको गुम्बाडाँडामा एम्वुलेन्स रोकेर शव जलाउने दाउरासमेत खोजिसकेको अवस्थामा रहस्यमयी घटना बाहिर आएको हो। त्यहाँ बुद्धजयन्ती तयारीका लागि भेलाभएका गाउँलेले शवबारे प्रहरीमा खबर गरेका थिए। दमको बिरामले उपचार गर्दागर्दै बहिनीको मृत्यु भएको, अमरपुर पुर्‍याउन खर्च नभएको र गाउँमा लामा नभएको कारण देखाएर दाजुको अभिनय गरिरहेका पशुपतिले बाटैमा शव जलाउन चाहेका थिए शनिबार गुम्बाडाँडामै रहेका बिब्ल्याँटेका राजेन तामाङले भने, चिता बनाउन दाउरा ठिक पारिसकेपछि एम्वुलेन्सबाट शव झिक्दा पेट ठूलो देखेपछि शंका लागेर केरकार गर्दा अवैध सम्बन्ध निर्क्यौल गर्दै प्रहरी बोलाएका हौं। तुरुन्तै गुम्बाडाँडा पुगेको प्रहरीले पशुपतिलाई नियन्त्रणमा लिएको छ भने मृतक शान्ताको शव पोष्टमार्टमनिम्ति इलाम अस्पताल पठाएको छ। मृतकका अमरपुरस्थित आफन्तलाई घटनाबारे जानकारी गराई शव बुझ्न बोलाइएको सई थापाले बताए। अबैध शारीरिक सम्बन्ध र वैदेशिक रोजगारीका कारण निम्तिएको यो घटना एकदमै दुःखद र जटिल देखिएको छ पक्राउ परेका पशुपति र छिप्पिएको गर्भपतन गर्ने म्यारिगोल्ड सेन्टरमाथि कस्तो कारवाही हुने टुंगो नभइसकेको अवस्थामा थापाले भने, सत्यतथ्य छानविन गरी दोषी कसैलाई छोड्दैनौं। यो समाचार नागरिक दैनिकमा बेनुपराज भट्टराईले लेखेका हुन् । योे पनि पढ्नुहोस् यो हप्ता युएईका दुई खास कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: