विदेशबाट नेपाल रकम पठाउँदै विदेशमा रहेका नेपाली

काठमाडौं- स्वदेशमा रहेका आफन्तजन आपतमा परेपछि विदेश बसेर कमाउने नेपालीले घरमा धमाधम पैसा पठाउन थालेका छन्। रेमिटेन्स कम्पनीमा प्रवासीले पठाएको पैसा बुझ्नेको घुइँचो बढ्न थालेको छ। यता आफन्त अप्ठेरोमा परेकै बेला उता महिना (अंग्रेजी) मरेर तलब बुझ्ने समय भएकोले रेमिटेन्स आप्रवाहमा केही सुधार आएको नेपाल मुद्रा विप्रेषण संघले बताएको छ। वैशाख १२ गतेको भूकम्पका कारण बैंक तथा रेमिटेन्स कम्पनी केही दिन बन्द भएका थिए। भूकम्पको त्रासका कारण रेमिटेन्स सहज रुपमा आउन सकेको थिएन्। विस्तारै बैंक तथा विप्रेषण कम्पनी खुल्न थालेपछि रेमिटेन्स भित्रिने क्रममा सुधार आएको संघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले बताए। आगामी दिनमा रेमिटेन्स बढ्ने संकेत देखिएको उनको भनाइ छ। ुभूकम्पपीडितका लागि आफन्तले अप्रिल महिनाको तलब थापेर रकम पठाउन सुरु गरिसकेकाले पनि रेमिटेन्स बढन थालेको हो ढकालले भने, रेमिटेन्स कतिले बढ्यो, महिनाको अन्त्यमा आउने राष्ट्र बैंकको तथ्यांकबाट मात्र थाहा हुन्छ। नेपालमा ठूला दैवीप्रकोप वा चाडपर्वमा रेमिटेन्स बढ्ने जानकार बताउँछन्। दैवी प्रकोपबाहेक असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले रेमिटेन्स बढ्ने गरेको तथ्यांकले देखाउँछ। अहिले कुनै चाडपर्ब नपरे पनि ठूलो विपत्ति परेकाले आफन्तलाई रकम पठाउने क्रम बढको हो। करिब २० लाख नेपालीले आफ्ना परिवारलाई रेमिटेन्स पठाउँछन्। उनीहरुबाट भित्रिएको रेमिटेन्सको झन्डै ८० प्रतिशत हिस्सा दैनिक उपभोग्य वस्तु र मनोरन्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको सर्भेक्षणले देखाएको छ। तर अब त्यस्तो रकम पुनः निर्माणमा खर्च गर्नुपर्ने विज्ञको सुझाव छ। प्राप्त रेमिटेन्सको २.४ प्रतिशतमात्र पुँजी निर्माण हुन्छ। पुँजी निर्माणमा रेमिटेन्सको हिस्सा बढाउनु पर्ने विज्ञहरुको सुझाव छ। रेमिटेन्स व्यावसायिक लगानीमा खर्च गर्नुपर्ने सुझाव सरोकारवालाको छ। यसैबीच, रेमिटेन्स कम्पनीहरुले विदेशबाट रकम पठाउँदा लाग्ने शुल्क नलिने निर्णय गरिसकेका छन्। नेपाल मुद्रा विपे्रषक संघले आफन्तलाई रेमिटेन्स पठाउँदा लाग्ने सेवा शुल्क वैशाख मसान्तसम्मका लागि छुट दिने निर्णय गरेको छ। भूकम्पको विपत्तिबाट भएको जन–धनको क्षतिलाई मध्यनजर गर्दै रेमिटेन्स कम्पनीले अन्तर्राष्ट्रिय सञ्जालबाट पठाइने रेमिटेन्स निःशुल्क भुक्तानी गरिरहेका छन्। दैनिक एक हजार ५ सय नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन्। सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ। रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने रेमिटेन्स भित्रियाए पनि त्यस्तो रकम पुँजी निर्माणमा खर्च भएको छैन। अब त्यस्तो रकम पुँजीको रुपमा उपयोग गर्नुपर्ने बाध्यता आएको विज्ञहरुको भनाइ छ। हाल नेपालमा ४९ भन्दा बढी रेमिटेन्स कम्पनी र ३० वाणिज्य बैंकले रेमिटेन्स भित्र्याइरहेका छन्। रेमिटेन्सले कामदार, रेमिटेन्स कम्पनी, सरकार र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। रेमिटेन्स कम्पनी तथा बैंकले कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुर्यारएका छन्। औपचारिक माध्यमबाहेक हुन्डीबाट पनि उत्ति परिमाणमा रकम आउने गरेको अनुमान छ। रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ। त्यसअघि हुन्डीबाटै सबै रकम भित्रिन्थ्यो। रेमिटेन्स कम्पनी पर्याप्त भए पनि गैरकानुनी बाटो हुन्डीबाट पैसा पठाउने क्रम रोकिएको छैन। बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेको बेला रेमिटेन्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ। पछिल्लो समय रेमिटेन्स कारोबार बैंकहरुको मुख्य व्यवसायमा पर्न थालेको छ। ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ। नागरिकबाट यो पनि पढ्नुहोस् यो हप्ता युएईका दुई खास कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: