दुवईमा निःशुल्क स्वास्थ्य शिविर

त्रिलोचन कोइराला, दुवई- अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर परेर दुवईको थुम्बय हस्पिटलले मे १ तारिकका दिन निःशुल्क स्वास्थ्य शिबिर चलाएको छ । नेपालमा बिनाशकारी भूकम्पले ठूलो बिपत परिरहेको बेला बैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीहरुलाई युएइको थुम्बय हस्पिटलले स्वास्थ्य सुबिधा दिएको हो । हस्पिटलले स्वास्थ्य शिविरमा अल्कोज, सोनापुर, अजमान, शारजाह, बरदुबई लगाएतका स्थानबाट यातयातको सुबिधा दिएको थियो । एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका सञ्चालक सालीक सुवेदीको संयोजनमा युएईमा क्रियाशिल बिभिन्न सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनीतिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी तथा पत्रकारहरुको उपस्थीतिमा सम्पन्न भएको एक दिने स्वास्थ्य शिविरमा ४ सय भन्दा धेरै नेपालीलाई स्वास्थ्य सेवा दिइएको आयोजकले बताएका छन । जनचेतनाको लागि तथा नेपाली समुदायसंग सम्वन्ध बिस्तारको लागि निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको बताउदै हस्पिटल श्रोतले मधुमेह, आँखा, नाक, कान, घाँटी तथा हाड्जोडनी लगाएतका समस्या धेरै आएको बताएको छ ।sibir2 युएइमा रहेका नेपालीहरुमा मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव लगायतका कारण बैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिनानुदिन स्वास्थ्यमा समस्या थपिदै गएकाले त्यसलाई निवाकरण गर्न यस्ता स्वास्थ्य शिबिर क्रमश सञ्चालन गरिदै जाने सुबेदीले बताएका छन । योे पनि पढ्नुहोस् यो हप्ता युएईका दुई खास कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: