नेपाल पठाइएको राहतको आलु भारतमै विक्रि गरिएको खुलासा

नेपालका भूकम्प पीडितका लागि भनेर भारतीय शहर आगराबाट ट्रकमा पठाइएको आलु भारतमै विक्रि गरिएको खुलासा भएको छ । भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार त्यसरी नेपाल पठाइएको आलु गोरखपुरको एक तरकारी बजारमा विक्रि गर्दै गरेको रंगेहात पक्राउ गरिएको छ । यसले आलु बेच्नेहरुमा खलवली मच्चिएको समाचारमा जनाइएको छ । भारतबाट पठाइएको राहत सामग्री नेपाल नपुगिरहेको समाचार सार्वजनिक भइरहेको अवस्थामा अमरउजालाको समुहले गरेको खोजविनमा यस्तो फेला परेको हो । आगराबाट नेपालमा राहतस्वरुप पठाइएका चार ट्रक आलु मध्ये एउटा ट्रकबाट सो आलु विक्रि गरेको भेटिएको हो । चारवटैै ट्रक शुक्रवार राती गोरखपुर आइपुगेका थिए । तर आलु विक्रि गर्दै गरेको फेला परेपछि सो तरकारी बजार व्उवस्थापन समितिका सचिव सुवासचन्द्र यादवले काठमाडौंसम्म आलु ल्याउने भाडाको अभावमा सो एक ट्रक आलु विक्रि गर्न खोजिएको तर्र्क गरेका छन् । तर आगराको तरकारी बजारका उप निर्देशक डा. वीरेन्द्र यादवले ४५ हजार रुपैंयाँ दिएर पठाएको हुँदा भाडाको अभाव नभएको बताएका छन् । यो पनि पढ्नुहोस् कतारमा श्रीमति बेपत्ता, श्रीमानद्धारा आत्महत्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय