विदेशमा भएका नेपालीलाई घर फर्किन सघाउ

काठमाडौं, २० बैशाख– व्यवस्थापिका संसद अन्तरगतको अन्तराष्ट्रि सम्बन्ध सम्बन्ध तथा श्रम समितिले विदेशमा रहेका नेपालीहरुलाई घर आउन सरकारले सघाउनु पर्ने निष्कर्ष निकालेको छ । समितिको आइतबार बिहान बसेको बैठकले विनासकारी महाभुकम्पले सिर्जना गरेको परिस्थितिमा विदेशमा कार्यरत नेपाली कामदारहरुमध्ये भुकम्प प्रभावित जिल्लाका घर फर्कन चाहनेहरुलाई सरकारले सघाउनु पर्ने निर्णय गरेको छ । समितिले प्रभावित जिल्लाका कामदारहरुमध्ये घर फर्कने खर्च बेहोर्न नसक्ने कामदारहरुका लागि सकेसम्म आवश्यक खर्च समेतको व्यवस्थासहित नेपाल फर्काउने व्यवस्था गर्न श्रम र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति प्रभु साहको अध्यक्षतामा बसेको बैठकमा परराष्ट्र मन्त्री महेन्द्र पाण्डे, सो मन्त्रालयका सचिव शंकरदाश बैरागी, श्रम राज्य मन्त्री टेकबहादुर गुरुङ, मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्का र श्रम तथा रोजगार विभागका महानिर्देशक विश्वप्रकाश सुवेदी लगायतको उपस्थिति थियो । चक्रपठ डटकमबाट यो पनि पढ्नुहोस्  आफन्तको मुख अन्तिम पटक हेर्न घर फर्किन दिएन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: