करोडपति, जसलाई भूकम्पले सडकमा ल्यायो

म मोर्गन ईन्टरनेशनल कलेजको प्रिन्सिपल हुँ । बसुन्धरामा रहेको यो कलेजमा लगानी पनि हाम्रो आफ्नै छ । यो कलेजमा चार हजारभन्दा माथि विधार्थी छन् । हामीले लामो प्रयत्न र मेहनेतले कलेज राम्रैसँग चलाईराखेका थियौं । तीन वर्ष अगाडी बाट हामीले धापासीमा एउटा आठ तले घर भाडामा लिएर ईन्जिनियरिङको कक्षा चलाउँदै आएका थियौं । धापासीमा रहेको भवनमा बी ई सिभिल, हाइड्रो पावरसम्बन्धी बीई इलेब्ट्रिकल, होटल व्यवस्थापन र बीबीएको पढाइ हुन्थ्यो । होटल व्यवस्थापनको ल्याबहरु धेरै हुन्छ । महत्वपूर्ण भनेको किचेन ल्याब हुन्छ । त्यसबाहेक १०–१५ वटा कुकिङ स्टेसन हुन्छ । २० वटा जति ग्यास सिलिण्डर स्टेशन हुन्छ । एउटा रेष्टुरेण्ट, एउटा बेकरी, एउटा हाउस किपिङ हुन्छ । जहाँ हामीले पाँच तारे होटलमा उपलब्ध हुने स्ट्याण्डर्डड अपनाएका छौं । होटल म्यानेजमेण्टका लागि मात्र दुई करोड बराबरको सामग्री थियो । बीबीएका प्रत्येक कक्षामा सिसिटिभी र एसी फिट गरिएको थियो । मल्टीमिडिया फिक्स कक्षा कोठाहरु थिए । बीबीएका विद्यार्थीहरुले बैकिंग क्षेत्रमा क्यारियर बनाउनुपर्ने भएकाले उनीहरु त्यसमा फेमेलिएर हुने गरी सबै व्यवस्थापन गरिएको थियो । त्यसमा पनि महंगो सेटअप हुनेभएकाले धेरै खर्च गरिएको थियो । पुस्तकालय पनि त्यस्तै स्टान्डर्डको थियो । पुस्तकहरु प्राय विदेशी लेखकका हुने भएकाले महंगा थिए । धेरैजसो क्याम्ब्रीज विश्वविधालय र केहि चाहिँ भारतीय प्रकाशनका पुस्तकहरु थिए । यी विषयका नेपाली पुस्तक नै पाईदैन ।ईन्जिनियरिङको ल्यावका सामान एलसी खोलेर मात्र ल्याउन पाईन्छ । जापान र सिंगापुरबाट मात्र उपलब्ध हुने ल्यावहरु हुन्छ । यो ल्यावको संरचना महंगो किसिमको हुन्छ । जस्तै विधुत उत्पादन गर्ने हाईड्राृेपावर टरवाईन मेशिनहरु पनि हुन्छ । ती सबै सामान हामीले जापान र सिंगापुर बाट ल्याएका थियौं । यसको ल्याउने माध्यम एलसी खोलेर नै हो । बैंक मार्फत एलसी खोलेर ल्याएका हौं । अहिले एलसी खोल्यो भने ती सामान ल्याउन सात आठ महिना लाग्छ । यो प्रकृयाबाट हामीले सामानहरु ल्याएका थियौं । हामीसँग फरमाडाईनामिक्स ल्याब, सिभिल सर्वे ल्याव, मेकानिकल वक्र्ससप ल्याव, कंक्रिट टेक्नोलोजी ल्याव, हाईड्रो पावर मेसिन सम्वन्धी ल्याव, ईन्जिनियरिङ फिजिक्स ल्याव, डार्करुम ल्याव, केमेस्ट्री ल्याव, डिजिटलोजी ल्याव लगायतका धेरै २० वटा जति ल्यावहरु थिए । यी सबै ल्यावहरु महंगा छन् र सबै बाहिरबाटै ल्याईएका थिए । नेपालको कुनै पनि चीजहरु हामीलाई काम लाग्दैन । यो सबै गर्दा हाम्रो १२ करोडभन्दा बढी खर्च भएको थियो । तर, वैशाख १२ गते आएको महाभुकम्पमा परेर हामी बसेको आठ तले घर गल्र्यामगुंलुम्म ढले पछि हाम्रो सबै संरचना ध्वस्त भएको छ । कलेजको लेटरहेड र छाप समेत अहिले हामीसँग छैन । विश्वविधालयले दिएको आवद्धतताको प्रमाणपत्र समेत हामीसँग छैन । खासमा यो घर घरवेटीले भाडाखाने उद्देश्यले मात्र बनाएका रहेछन् । भवन आठ तलाको भएपनि महानगरमा चार तलाको मात्र नक्सा पास गरिएको रहेछ । त्यसको फाउन्डेसन नै एकदमै कमजोर रहेछ । रड पनि किचेनको स्ल्यावमा प्रयोग गरिनेजस्तो सानो प्रयोग गरिएको रहेछ । बाहिर बाट हेर्दा घर चिटिक्क, आकर्षक थियो । आठ तले घर, हामीलाई पनि धेरै कोठा चाहिने भएकाले मासिक चार लाख रुपैयाँ भाडा बुझाउने गरि लिएका थियौं । तर, यो क्षेत्रमा अरु कसैका घर लडेका छैनन् । तर बनाएको चार वर्ष मात्र भएको यहि भवन चाहि जरै लगाएर ढल्यो । आठ तले घर, अहिले माटोको एउटा ढिस्को जस्तै भएको छ । त्यस बाहेक पनि १५ वटा ल्यापटप, ५० वटा जति डेस्कटप कम्प्युटर पनि थिए । ती पनि सबै ध्वस्त भएका छन् । अब हामीले ती सामान पाउने कुनै आश नै छैन । ती मध्ये केहि मेशिनको भने हामीले बीमा गरेका थियौं । जतिको एलसी खोलेका थियौ, त्यत्तिको मात्र बीमा हुन्छ । त्यो भनेको ती करोड जतिको बीमा थियो । अरु संरचनाको बीमा हुने कुरै थिएन । भएको त्यत्ति रकमको बीमा पनि कसरी दिन्छ, थाहा छैन । यो भवनमा मात्र पाँचसय विधार्थी अध्ययनरत् थिए । अव उनीहरुको पढाई का लागि तत्काल केहि गर्न सक्ने स्थिति पनि छैन । केहि समय पछि बैकल्पिक व्यवस्था गर्नै पर्छ । जिन्दगीभरमा त तिरिएला भनेर ऋण लिएर यसैमा लगानी गरेको थिएँ । तर त्यो सबै गयो । जिन्दगीभर यो ऋण तिर्न नसकिने भयो । हुनत यो महाभुकम्पमा परेर कयौको ज्यान नै गएको छ । मानवीय क्षतीलाई भौतिक क्षतिसँग कुनैपनि अवस्थामा तुलना गर्न सकिदैन । हाम्रो मानवीय क्षती केहि भएन । त्यो अर्थमा भाग्यमानी पनि आफूलाई ठान्नै पर्छ । तर, मलाई आफू बाँचे पनि मरे सरह बनाएर गएको छ यो भूकम्प । कहिले काँहि त यो भूकम्प मेरै लागि आएको जस्तो लाग्छ । दिनमा एकपल्ट आएर यो खण्डहरमा उभिन्छ र हेर्छु –आठ तले घर आँखै अगाडी एउटा ढिस्को जस्तो बनेको छ तर पनि अझै पत्यार लाग्दैन । नहुनु भै गयो । मेरा सबै सपना एक निमेषको भूकम्पले उडाएर लग्यो । नहुनु भै गयो । जति भयो ,त्यो भएको चाहिँ घरधनीकै लापरवाहीले हो । (काठमाण्डु टुडेमा प्रकाशित यो सामग्री उज्जल पहाडीले कुराकानी गरेर तयार पारेका हुन्) यो पनि पढ्नुहोस्  कतारमा श्रीमति बेपत्ता, श्रीमानद्धारा आत्महत्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय