एनआरएनले थप तीन जिल्लामा पठायो राहत सामग्री

काठमाडौं- गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामग्री पठाएको छ । संघले शनिवार गोर्खा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामग्री पठाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीले राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाडौंबाट विदाई गरे । संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल पठाएको छ । यसैगरी काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल पठाएको छ । यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २ सय २५ बोरा चामल पठाएको छ ।NRN Support 3 ती जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यलयको रोहबर र सिफारिसमा प्रशासनले तोकेका गाउँहरुमा गैरआवासीय नेपाली संघले प्रत्यक्ष रुपमा राहत बितरण गर्ने छ । संघले शुक्रबार पहिलोपटक सिन्धुपाल्चोकमा राहत सामग्री वितरण गरेको थियो । जहाँ एक हजार थान कम्बल, एक हजार थान पाल, एक हजार कार्टुन चाउचाउ र एक हजार किलो चामल बितरण गरिएको थियो ।NRN Support 1 गैरआवासीय नेपाली संघले करिव १० हजार परिवारलाई तात्कालिक राहत प्रदान गर्ने र दोस्रो चरणमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा केन्द्रीत हुने योजना बनाएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिए । यो पनि पढ्नुहोस् राहत वितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोकतर्फ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: