कोरियाली सिबिटी आगामी जुनमा

काठमाडौं – दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको सिबिटी परिक्षाको नवौ संस्करण जुन महिनामा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले २०७२ बैशाख २८ देखि ३० सम्म फर्म भर्ने, जेठ १४ मा परिक्षा तालिका घोषणा, आषाढ ४ (जुन १९) मा परिक्षा र आषाढ १५ मा नतिजा प्रकाशन मिति तोकेको छ । कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । मानव संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ । सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटी) लिने गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: