
दुवई – दुवईले सन् २०१५ को पहिलो त्रैमासिकमा रोजगारीका लागि २ लाख ६ हजार ७ सय ७० वर्क भिसा जारी गरेको छ । दुवई हेल्थ अथोरिटी(डीएचए) लाई उधृत गर्दै गल्फ न्यूजले समाचार अनुसार अथोरिटीका निर्देशक मिसा अल बुस्तानीले यो जनाकारी दिएका हुन् । उनका अनुसार पहिलो त्रैमासिकमा दुवईमा काम गर्न स्वास्थ्य ठिक रहेको प्रमाणपत्र कुल ४ लाख ९६ हजार ७ सय २१ वटा जारी भएका छन् । त्यसमध्ये २ लाख ८९ हजार ९ सय ५१ जनालाई भिसा नविकरणका लागि स्वस्थ प्रमाणित गरिएको हो भनें बाँकी नयाँ प्रमाणपत्र दिइएका हुन् । सन् २०१४ मा १७ लाख स्वास्थ्य परिक्षण मध्ये ८ लाख २८ हजार ८ सय ९८ काम गर्न आएका नयाँ कामदार रहेको अथोरिटीले जनाएको छ । पहिलो त्रैमासिकले पनि अघिल्लो बर्ष जत्तिनै कामदार दुवई भित्रिने देखिएको अथोरिटीले जनाएको छ । युएईमा काम गर्न स्वास्थ्य परिक्षणमा उत्तिर्ण हुनुपर्ने व्यवस्था छ । यसका लागि युएईका विभिन्न राज्यमा गरी १६ वटा स्वास्थ्य संस्था छन् । यो पनि पढ्नुहोस् दुःखमा परेका नेपालीलाई खाडीबाट घर फर्किन देउः आइटीयूसी