दुःखमा परेका नेपालीलाई खाडीबाट घर फर्किन देउः आइटीयूसी

बैदेशिक रोजगारीका क्रममा रहेका २० लाख बढी नेपाली मातृभूमिमा गएको भूकम्पबाट त्रसित रहेको बेला उनीहरु चाहेर पनि घर फर्किन सक्ने अवस्था छैन । यसमध्ये ६० प्रतिशत नेपाली मुख्य गरी खाडीका मुलुकमा निर्माण क्षेत्रको काम र घरेलु काममा रहेको र उनीहरुलाई रोजगारदाताले सहजै घर फर्किन नदिने समाचार अल जजिराले लेखेको छ । कफला प्रणालीका कारण नेपालीहरु यो विपदको समयमा घर फर्किन नसक्ने भन्दै ट्रेड यूनियनहरुको विश्वव्यापी छाता संगठन आइटीयूसीले साउदी अरब, युएई र कतारलाई पत्र लेख्दै नेपाली कामदारलाई स्वदेश फर्किन, आफन्तको अन्त्येष्टिका लागि अस्थायी रुपमा घर फिर्ति तथा जागिरको सुरक्षाको प्रत्याभूति दिन माग गरेको छ । तर ति देशहरुले आफ्नो संस्थाले पठाएको पत्रको कुनै जवाफ नदिएको आइटीयूसीले जनाएको छ । यसका साथै नेपाललाई विपदको समयमा आर्थिक सहयोग गर्न समेत आइटीयूसीले खाडी देशहरुलाई आग्रह गरेको छ । नेपालको पूनःनिर्माणका लागि लाग्ने रकम कतारको १० दिनको कुल गार्हस्थ्य उत्पादन बरावर हो आइटीयूसीका अभियान संयोजक टीम नूनले भनेका छन् । हामीलाई लाग्छ नेपालको पुनः निर्माणमा खाडीका यी तीन देशहरु(साउदी, युएई र कतार)ले ठूलो सहयोग गर्न सक्छन् नूनलाई उधृत गर्दै अल जजिराले समाचार लेखेको छ । निर्माण क्षेत्रमा कार्यरत नेपाली कामदार ज्यालामा पनि धेरै ठगिएको समाचारमा जनाइएको छ । एउटा फिलिपिनो कामदारले सरदर मासिक ४ सय ५० डलर(नेरु झण्डै ४५ हजार) तलव पाउने गरेकोमा नेपाली कामदारले सरदर २ सय ५० डलर(नेरु झण्डै २५ हजार) पाउने गरेको समाचारमा उल्लेख छ । यो पनि पढ्नुहोस् आफन्तको मुख अन्तिम पटक हेर्न घर फर्किन दिएन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय