श्रमिक दिवसको अवसरमा कतारमा उठाइयो सहयोग रकम

घनश्याम पराजुली (कृष्ण), दोहा । पिजन इन्जिनियरीङ्ग प्रोजेक्ट टे«डिङ्ग एण्ड सर्भिस कम्पनीमा कार्यरत कामदारहरुले नेपालमा भुकम्पमा ज्यान गुमाएका नेपालीहरुको सम्झना सहित अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन् । कतारको सनैया स्थित स्टे«ट नम्बर ४१ मा सम्पन्न कार्यक्रम शनिवार नेपालमा आएको विनाशकारी भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरुको सम्झनामा मौन धारण गरी शुरु गरिएको थियो । कार्यक्रममा महाभुकम्पबाट नेपालले व्यहोर्नु परेको क्षतिको बारेमा चिन्ता व्यक्त गर्दै कम्पनीले सबै कामदारहरुबाट सहयोग संकलन गर्न आव्हान गरेको छ । कम्पनीका प्रमुख राजेन्द्र कुमार शर्माले भोली कसलाई के पर्छ कसैले देख्न नसक्ने भन्दै आफ्ना कामदारहरुलाई सहयोगका लागि जुट्न आग्रह गरेका थिए । कम्पनीमा १७ सय भन्दा बढी विभिन्न देशका कामदारहरु कार्यरत छन भने नेपाली कामदाहरु ४/५ सयको हाराहारीमा छन । नेपालमा गएको विनाशकारी भुकम्प बारे आफ्ना कामदारहरुलाई जानकारी दिदै शर्माले दुःख व्यक्त गरे । उनले श्रमीक दिवसको सबैमा शुभकामना दिए । गर्मीको मौसममा सबैले आफ्नो स्वास्थ्यको ख्याल राखेर काम गर्नका लागि आग्रह गर्दै आफ्ना कामदारहरुलाई परेको विपत्तिमा कम्पनी सधै साथमा नै रहेको उनले थपे । उनले आफ्नो कम्पनीबाट सहयोग संकलन रकम एकमुष्ट रुपमा नेपालको राहत कोषको क्रियाशिलता र प्रभावकारीतालाई बुझेर पठाईने बताए । ् उक्त कम्पनीमा कार्यरत ४२ जना कामदारहरुको घरमा क्षती पुगेको जानकारी आईसकेको उनले बताए । कम्पनीमा कार्यरतहरु मध्ये भौतिक क्षती भएका कामदारलाई रु ३० हजार र घरवार सहित आफ्नो परिवार गुमाएकाहरुलाई रु ५० हजारका दरले कम्पनीले कामदारलाई प्रदान गरिने कम्पनीका मालिक शर्माले बताए । उनले नेपालका भुकम्प पिडितको सहयोगका लागि कम्पनीमा समेत अभियान शुरु गरेको बताउदै कम्पनीको अभियानमा आफ्नो तर्फ बाट कतारी रियाल ७ हजार ५ सय , कम्पनीका पार्टनरहरु इशा सलाम अल कुवारी र हुसेन सलिम अल वाजवेरबाट कतारी रियाल ७ हजार ५ सयका दरले सहयोग गर्ने प्रतिबद्धता आएको बताए । त्यस्तै उक्त अभियानका लागि शर्माका व्यवसायीक पार्टनर तारिकले कतारी रियाल ५ हजार र एनआरएनए अमेरिकाका पुर्व उपाध्यक्ष लोक तिवारीले कतारि रियाल १ हजार सहयोग दिने जनाए । यस अभियानको शुरुवात जम्मा कतारी रियाल २८ हजार ५ सय (लगभग ८ लाख रुपैया) बाट गरिएको छ । कम्पनीमा कार्यरत सबै कामदारबाट सहयोग रकम संकलन गरी एकमुष्ठ पठाईने शर्माले जानकारी दिए । कार्यक्रममा एनआरएनए अमेरिकाका पुर्व उपाध्यक्ष लोक तिवारीले यो दुखको घडी भनेको शोकलाई शक्तिमा परिणत गर्ने बेला हो भन्दै विपत्तीमा हामी एकजुट भएर लाग्नुपर्छ भन्दै सबैसँग सहयोगको अपिल गरे । उनले अमेरिकाबाट सहयोगका लागि नेपाल जान लागेको बताउदै श्रमिक दिवसको अवसरमा कतारमा कार्यरत सबै श्रमिकलाई शुभकामना दिए । कार्यक्रममा पिजनका उल्लेख्य मात्रामा कर्मचारी र कामदारहरुको उपस्थिती रहेको थियो । यस कम्पनीले विगतका दिनहरुमा पनि आफ्ना कामदारहरुका हितमा विभिन्न गतिबिधीहरु सन्चालन गर्दै आईरहेको छ । यो पनि पढ्नुहोस्  कतारमा रेडक्रसद्धारा नेपालीलाई निःशुल्क फोन सुविधा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: