कतारमा रेडक्रसद्धारा नेपालीलाई निःशुल्क फोन सुविधा

दोहा- कतारमा क्रियाशिल रेडक्रस(कतार रेड क्रिसेन्ट) ले नेपालका भूकम्प पीडितका लागि गरिरहेको विविध सहयोग अन्तर्गत कतारमा कार्यरत नेपाली कामदारका लागि सहयोग कक्ष(हेल्प डेस्क) स्थापना गरेको छ । नेपालीले रेडक्रसको कार्यालयबाट विहान १० बजेदेखि १ बजेसम्म तथा बेलुकी ४ देखि ७ बजेसम्म नेपालमा निःशुल्क फोन गर्न सक्नेछन् स्वयंसेवीहरुकी संयोजक फातिमा अल कुवारीलाई उधृत गर्दै गल्फ टाइम्सले समाचार लेखेको छ । यसैगरी ६ जना स्वयंसेवकलाई सो कार्यका लागि खटाएको रेडक्रसले जनाएको छ । नेपालबाट प्राप्त जानकारीहरुलाई आफ्नो वेभसाइटमा निरन्तर अपडेट गरिएको पनि रेडक्रसले जानकारी दिएको छ । कतार रेडक्रसले नेपालमा भूकम्प पीडितका लागि खुल्ला ठाउँमा सञ्चालन गर्न सकिने अस्थाई उपचार शिविर, औषधी तथा पानी र शौचालय सम्वन्धि सामग्री उपलव्ध गराएको कतार रेडक्रसका महासचिव सलेह वीन अलि अल मोहन्नदीले जनाए । कतारको रेडक्रसले गत शनिवार नै १ करोड २० लाख कतारी रियाल(झण्डै ३२ करोड ४० लाख) बरावरको सहयोग उठाउने घोषणा गरिसकेको थियो । कतारको रेडक्रसका केहि स्वयंसेवकहरुले हाल नेपालमा उद्धारका लागि काम गरिरहेको मोहन्नदीले बताए । कतारले भूकम्प गएको ४८ घण्टा भित्रै सहयोग सामग्रीहरु पठाउन सफल भएको उनको भनार्ई छ । कतार रेडक्रसले नेपालमा ५ हजार बोतल खानेपानी वितरण गरिसकेको र सो प्रकारको सहयोग अझै दुई महिनासम्म जारी रहने जनाएको छ । हाल हामी भूकम्प प्रभावितहरुको उद्धार र सहयोगमा कृयाशिल छौं कतार रेडक्रसद्धारा दोहामा आयोजित कार्यक्रममा जानकारी दिइयो । यो पनि पढ्नुहोस् आफन्तको मुख अन्तिम पटक हेर्न घर फर्किन दिएन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: