
रवि रोषी, दोहा- नेपालमा गएको भुकम्पले भएको जनधनको क्षतीमा परेका नेपालीलाई सहयोग गर्न कतारबाट एकै दिनमा २ लाख रियाल(झण्डै नेरु ५४ लाख) संकलन भएको छ । कतारका व्यवशायी महेन्द्र चौंलागाईंको विशेष पहलमा सो रकम संकलन भएको हो । प्रवासी झापाली सम्पर्क मञ्चसंग सहकार्य गरी चौलागाईंले उठाएको सो रकम मञ्चकै स्थलगत अनुगमन पश्चात सम्बन्धित प्रसाशनिक पहलमा भुकम्प पिडितहरुलाई आवश्यक राहत सामाग्री बाँडिने उनले बताए । आर्थिक सहयोग संकलन कार्यमा प्रवासी झापाली सम्पर्क मञ्चले पनि संस्थागत रुपमा लाखौं रुपैंया संकलन गरीसकेको र सहयोगको लागि बचनबद्धता गर्नेहरुबाट उठाउने कार्य जारी रहेको मञ्चका अध्यक्ष चुडामणी कार्कीले बताए । उक्त संकलित सहयोग रकम प्रवासी झापाली सम्पर्क मञ्चको अगुवाईमा कतारबाट नै विशेष टोली नेपाल पठाएर भुकम्पीय प्रभावबाट अति प्रभावित जिल्लाका दुर्गमा क्षेत्रहरुमा गई सम्बन्धित प्रशाशनिक सहयोगमा प्रदान गरिने कुरा पनि पत्रकार संगको भेटघाटमा बताए । भुकम्पले अति प्रभावित बनाई तहस नहस बनाएको राजधानी बाहिरको सिन्धुपाल्चोक, गोरखा, नुवाकोट तथा गोरखा जिल्लामा गई राहत सामग्री बाँड्ने योजना तय भैसकेको पनि राहत संकलन अभियानका मुख्य पहलकर्ता चौंलागाईले बताए । चौलागाईले १ लाख ३७ हजार ५ सय दिएका छन् । यसैगरी कम्पनी तथा विदेशी व्यक्तिहरुले सहयोग गरेका छन् । यो पनि पढ्नुहोस् भूकम्पले नेपाल हल्लाइ रहँदा अरवमा भएको छटपटी