नेपालमा कहाँबाट आउँदैछ कति सहयोग ?

काठमाडौं ८० बर्षपछिको सवैभन्दा डरलाग्दो प्राकृतिक विपत्तिका समयमा नेपालमा विभिन्न देश र संघसंस्थाले ठूलो सहयोगको घोषणा गरेका छन् । यसमा अमेरिका, भारत, इजरायल, पाकिस्तान लगायतका देश तथा विभिन्न परोपकारी काममा केयाशिल संघसंस्थाले सहयोगको घोषणा गरेका हुन् । त्यसमध्ये कतिपयले उद्धार टोली नेपाल पठाइसकेका छन् । रेडक्रसले प्राथमिक उपचारका सामग्री सहित १५ सय स्वयंसेवक सहितको टोली पठाइसकेको छ । यसैगरी आपतकालिन सहयोगका लागि ३ करोड ५० लाख डलर बरावरको सहयोग संकलनका लागि अव्हान समेत गरेको छ । हालसम्म आपतकालिन सहयोगको घोषणा गरेकामध्ये केहि विवरणः संयुक्त राष्टसंघः यसले १ करोड ५० लाख डलर बरावरको सहयोग पठाउने भएको छ । उसले अन्य सदस्य राष्टहरुलाई सहयोगमा हातेमालोका लागि आव्हान गरेको छ । अमेरिकाः अमेरिकाले १ करोड डलर बरावरको सहयोग घोेषणा गरेको छ । जापानः जापान सरकारले ८४ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । बेलायतः बेलायत सरकारले ७६ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । यसमध्ये ३० लाख पाउड तत्काल उपलव्ध गराउने र २० लाख पाउण्ड बेलायती रेडक्रसलाई उपलव्ध गराउने छ । क्यानाडाः क्यानाडाले ४१ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । नर्वेः नर्वेको सरकारले ३९ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । अष्टेलियाः अष्टेलिया सरकारले ३९ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । युरोपेलि युनियनः युरोपेली युनियनले ३३ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । चीनः चीन सरकारले ३२ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । यो जनाकारी चाइना डेलीले दिएको हो । जर्मनीः जर्मनी सरकारले २७ लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । सिंगापुरः सिंगापुर सरकारले ७५ हजार डलर बरावरको सहयोग घोषणा गरेको छ । सिंगापुरको रेडक्रसले थप सहयोगका लागि अपिल गरेको छ । एसियाली विकास बैंकः एडीबीले ३० लाख डलर बरावरको सहयोगको घोषणा गरेको छ । युएसएडः युएसएडले १० लाख डलर बरावरको सहयोग घोषणा गरेको छ । एमरिकेयरर्सः यो समुहले ७ लाख ५० हजार डलर बरावरको सहयोग जुटाएको छ । अमेरिकी रेडक्रसः यसले ३ लखा डलर प्राथमिक सहयोगका रुपमा उपलव्ध गराएको छ । सेभ द चिल्डेनः यसले ४ लाख ५४ हजार डलर बरावरको आपतकालिन सहयोग दिएको छ । क्रिश्चियन एडः यसले तत्काल ७६ हजार डलर सहयोग पठाएको छ । थप १ लाख ८८ हजार डलर सहयोग उठाउने यसले बताएको छ । अक्सफामः यसले बेलायतमा ५ लाख पाउण्ड तथा अमेरिकामा १० लाख डलर उठाएर नेपाल पठाउने घोषणा गरेको छ । कोकाकोलाः यसले बोतलमा खानेपानी उपलव्ध गराउने बताएको छ । पेप्सीः यसले बेतलमा पानी तथा खानेकुरा उपलव्ध गराउने बताएको छ । किलोगः यसले विश्व खाद्य कार्यक्रमलाई खाद्यान्न उपलव्ध गराउन २ लाख डलर उपलव्ध गराउने बताएको छ । टोयटाः यसले ८४ हजार डलर बरावरको सहयोग गर्ने भएको छ । माइक्रोसफ्टः यसले १० लाख डलर सहयोग गरेको छ । सिएनएनबाट तपाईलार्ई थाहा भएमा अन्य थप्नुहोला ।  यो पनि पढ्नुहोस् युएईबाट नेपालमा सहयोग पठाउन युवराजको निर्देशन  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय