मलेसियामा सहयोेग संकलन सुरु

दिनेश लुईंटेल, मलेसिया- नेपालमा भूकम्पले पारेको जनधनको क्षतिमा सहयोग गर्न मलेसियामा नेपालीले सहयोग संकलनको काम सुरु गरेका छन् । नेपाली काँग्रेस जनसम्पर्क समिति, मलेसियाको भर्खरै(नेपाली समय आइतवार विहान १० बजे) बसेको बैठकले तत्काल १ लाख रुपैंयाँ सहयोगको निर्णय गरेको छ । चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको जनसम्पर्क समितिको बैठकले तत्काल सो रकम उपलव्ध गराउने र सहयोगका लागि सम्पूर्ण नेपालीलाई आव्हान गर्ने निर्णय गरेको हो । जनसम्पर्क समितिले यो दुःखको घडीमा आत्मबलका साथ अघि बढ्न र सहयोगी निकायलाई पूर्ण रुपमा सहयोगमा जुट्न समेत आव्हान गरेको छ ।   यसैबीच, मलेसियामा रहेको नेपाली दुतावासले भूकम्प पीडित सहयोग समन्वय समिति (मलेसिया) गठन गरिएको छ । मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्नेतको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा पुत्रजयाका अध्यक्ष तानश्री आचे, मलेसिया व्यापार केन्द्रका सदस्य दातो केके नेपाली दुतावासका श्रम सहचारी बुद्धिबहादुर भट्टराई, एनआरएन, मलेसियाका अध्यक्ष शंकर पौडेल लगायतलाई राखिएको छ । राजदुत बस्स्नेतले विपत्तिमा परेका एक नेपालीलाई अर्को नेपालीले सहयोग गर्नुपर्ने बताए । Niranjanman Basnet यो पनि पढ्नुहोस् हामी सहयोग गर्न तत्पर छौंः नेपाली दुतावास युएईबाट नेपालमा सहयोग पठाउन युवराजको निर्देशन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय