हामी सहयोग गर्न तत्पर छौंः नेपाली दुतावास

दुवर्ई- अवुधावी स्थीति नेपाली दुतावासले युएईमा कार्यरत नेपालीलाई नेपालमा आफन्तका बारेमा जानकारी लिन अप्ठ्यारो परेको भएमा दुतावासमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

नेपालमा शनिवार गएको महाभूकम्प पछि दुतावासले नेपालमा रहेका आफन्तका बारेमा जानकारी पाउन सहयोग आवश्यक भएमा दुतावास त्यसका लागि तयार रहेको बताएको हो ।

युएईका लागि नेपाली राजदुत धनञ्जय झाले आफु र आफ्नो टीमले लगातार नेपालमा सम्पर्क गरिरहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताएको गल्फ न्यूजले समाचार लेखेको छ ।

राजदुत झाले मृत्यु हुनेको संख्या ठूलो रहेको भन्दै त्यो अझै बढ्न सक्ने बताए । नेपालमा मोवाइलको सेवा कतिपय ठाउँमा अवरुद्ध भएका कारण घरमा आफन्तसँग सम्पर्क गर्न समस्या परेको हुन सक्ने भन्दै त्यस्तो भएमा नेपाली दुतावासमा आउन झाले आग्रह गरे । यस्तो अवस्थामा युएईमा कार्यरत नेपालीका आफन्तको अवस्था पत्ता लगाउन दुतावासले सहयोग गर्ने उनले बताए ।

कसैलाई आफन्तका बारेमा अवस्था पत्ता लगाउन गाह्रो परेमा हामी सिधै हाम्रो संयन्त्र मार्फत उनीहरुको अवस्था पत्ता लगाउन सहयोग गर्ने छौं राजदुत झालाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

हाल युएईमा तीन लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । युएईमा रहेका नेपालीले ०२ ६३४ ४७६७ मा फोन गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्

एनआरएनको सहयोग अभियान सुरु, अध्यक्ष, उपाध्यक्ष लगायतद्धारा करोडौं सहयोग घोषणा

कतार रेडक्रसद्धारा ठूलो सहयोगको घोषणा, थप सहयोगका लागि अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय