
काठमाडौं गैर आवासिय नेपाली संघ(एनआरएन)ले मातृभूमि नेपालमा आइपरेको विपतमा सहयोगका लागि आर्थिक संकलनको अभियान सुरु गरेका छन् । भुकम्प पीडितका लागि सहयोग गर्न एनआरएन अध्यक्ष शेष घले तथा श्रीमती जमुना घलेले २ करोड तथा उपाध्यक्ष भवन भट्टले १ करोड सहयोगको घोषणा गरेका छन् । यसैगरी उपाध्यक्ष टि बी कार्कीले १ लाख १ हजार तथा महासचिव कुमार पन्तले १० लाख सहयोगको घोषणा गरेका छन् । एनआरएन सचिव रन्जु थापा तथा प्रवक्ता मन केसीले जनही १ लाख १ हजार सहयोगको घोषणा गरेका छन् । यसैगरी रमेश अर्याल १ लाख १ हजार, एनआरनए एनसीसी बेल्जियमले १० लाख, कतारमा कार्यरत उमेश अधिकारीद्धारा १ लाख, राजन कुँवर १ लाख १ हजार १ सय, अर्जुन कुमार श्रेष्ठ आरसी यूरोप २ लाख २२ हजार २ सय २२, टंक लम्साल (जर्मनी) १ लाख, केदार प्रसाद गजुरेल (जर्मनी) १ लाख सहयोगको घोषणा गरिएको महासचिव कुमार पन्तले जानकारी दिएका छन् । यो पनि पढ्नुहोस् कतार रेडक्रसद्धारा ठूलो सहयोगको घोषणा, थप सहयोगका लागि अपिल मलेसिया र सिंगापुर सहयोग पठाउन तत्पर सहयोगको घोषणाबाट खुसी छुः भारतीय प्रम मोदी