‘अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित)

उनीहरुको बसोवास कञ्चनपुर थियो । आफ्नो नम्वरी जग्गा थिएन । ऐलानी जग्गामा बसेका थिए उनीहरु । ऐलानी जग्गा दर्ता गर्ने क्रममा आफन्तले नै झुक्याए । आफूलाई १०/१० कठ्ठा राखेर कमला र उनका श्रीमान् पदमको भागमा परेछ ५ कठ्ठा मात्र । Kamala 1‘हामी आफैं हलोे जोत्थ्यौ । तर जमिन सुख्खा भएका कारण आम्दानी धेरै हुँदैनथ्यो । त्यसैले हामीले त्यो जग्गा बेच्ने, कैलाली सर्ने र श्रीमान् विदेश जाने सल्लाह गर्यौं’ कुखुरालाई दाना दिंदै गरेकी कमला विष्ट व्यवसाय सुरु गर्नुअघिको दुःख सम्झिंदै थिइन् । पदम उडे कतार । श्रीमति र छोरीलाई यतै छोडेर । केहि कमाउने र घरजग्गा जोड्ने सपना बोकेर । कमला कैलालीमा माइतीघर आएर बस्न थालिन् । पदमको संघर्षका दिन सुरु भए कतारमा, यता कमला दुःखजिलो गर्दै थिइन् । कमाइको कुनै मौका खोजिरहेकी कमलाले त्यसपछि सीप सिक्ने निधो गरिन् । आफ्नै ठाउँमा कुखुरा पालन सम्वन्धि सीप सिक्ने अवशर आएको उनले थाहा पाइन् । र फर्म भरेर त्यसमा सहभागि भइन् । ‘श्रीमान् विदेशमा हुनुहुन्थ्यो । यता बच्चा सानै थिए । तर पनि म तालिममा सहभागि भएँ र तालिम सकेपछि व्यवसाय पनि सुरु गरें’ उनले भनिन् । उनको व्यवसाय उकालो लाग्यो । एकछिमलमैै ४० देखि ५० हजार कमाई हुन थाल्यो । बर्षमा तीनचार छिमल कुखुरा हाल्न थालेपछि कमाईमा असन्तोष मान्नु पर्ने रहेन । kamala 3 उता पदमले पनि कतारबाट रकम पठाउन थाले । त्यहि दुईतिरको कमाई जोडेर उनीहरुले कैलालीमा जग्गा किने । र बास बस्ने एउटा घर पनि बन्यो । विष्ट परिवारले देखेको एउटा सपना पुरा भयो । कुखुरामा जोखिम निक्कै छ । राम्रोसँग मिलाउन जानेन भनें कुखुरा सोत्तर हुन कुनै समय लाग्दैन । तर सीपले कमलालाई ठूलो मद्धत गरेको छ । उनले अहिलेसम्म कुखुरबाट कुनै छिमल पनि घाटा खानुपरेको छैन । ‘राम्रोसँग गर्दा फाइदाजनक छ । बर्षमा डेढदुई लाख कमाई हुन्छ । म एक्लै छु, श्रीमान् विदेशमा हुनुहुन्छ । राम्रोसँग गर्ने हो भनें कमाई राम्रो छ कुखुरामा । म एक्लै भएकाले बढीमा ६/७ सय चल्ला हाल्छु’ कमला भन्छिन् । Kamala Main उनलाई व्यवसायमा लाग्न उनकी आमा र श्रीमान पदमले होस्टेमा हैंसे गरे । ‘तालिम पाएपछि मलाई आँट आयो । आमा र श्रीमानले पनि गर भनेर आँट दिनुभयो । त्यसैले म यो काममा लागेकी हुँ’ कमला भन्छिन् – भ्याक्सिन लगाउने देखि कुखुरासम्वन्धि सवै काम जानेकी कमलालाई यो व्यवसाय निक्कै सजिलो भएको छ ।’ उनी भन्छिन् ‘सीप सिकेर गर्दा सजिलो हुने रैछ । डराउनु पर्दैन ।’ कमलाका श्रीमान पदम यसबीचमा एकपटक नेपाल फर्केर फेरी कतार नै गएका छन् । तर पहिलो पटक कतार उड्दा अनिश्चित भविष्य बोकेर उडेका उनी यसपटक कार्यरत कम्पनीबाट पाउनु पर्ने रकमका लागि हिंडेका हुन् । उनी आफूले पाउनु पर्ने रकम पाएपछि नेपालमै काम गर्ने योजनाका साथ नेपाल फर्किदै छन् । कमला भन्छिन् – उहाँ आउनुहुन्छ । अव व्यवसाय ठूलो बनाउने सोच छ ।’ के कतारको जस्तै कमाई हुन्छ होला त नेपालमा ? व्यवसायबाट निक्कै राम्रो आम्दानीले दृढ विश्वासी देखिएकी कमला भन्छिन् ‘त्यो भन्दा बढी कमाई हुन्छ यहाँ, कम हुन्न । कमाइको कुरा त छँदैछ, परिवारमा सँगै बस्न पाइन्छ । त्यसैले खाडी मुलुकमा घाममा काम गर्नुभन्दा यतै गर्दा राम्रो हुन्छ नि ।’ kamala 6 हाल दैनिक १५ सय भन्दा धेरै नेपाली बैदेशिक रोजगारीका लागि खाडीका मुलुक र मलेसिया उडिरहेका छन् । तर कमला सीपको अभावमा त्यसरी नेपाली विदेशीनुपरेको ठान्छिन् । ‘एकातिर मान्छेले काम जानेकै हुन्न, अर्कातिर खेतीपाती गर्न, यस्तो काम गर्न मान्छे लाज पनि त मान्छन्’ उनी भन्छिन्। Kamala 4 कुखुरा पाल्नेसँगै कमला प्रशिक्षक पनि हुन् । कुखुरापालन सुरु गर्न चाहनेहरुलाई उनी तालिम पनि दिन्छिन् । व्यावसाय र प्रशिक्षणले आफ्नो जीवनमा आर्थिकसँगै सामाजिक स्थीतिमा पनि धेरै ठूलो परिवर्तन ल्याइदिएको उनले अनुभव गरेकी छिन् । अनी समस्या पनि त होलान् नी ? ‘टाढाबाट दाना बोकेर ल्याउनु पर्छ । आफूसँग साधन छैन, साइकलमा ल्याउनु पर्छ । त्यत्ति हो गाह्रो । अरु यसमा केहि समस्या छैन । त्यसैले त हामी व्यावसाय विस्तार गर्दैछौं’ उनले भनिन् । सुनिल न्यौपाने, कैलाली (कमला विष्ट रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था ट्रेस नेपालले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् सीपले बढाएको शान : गृहिणीबाट सफल व्यवसायी(भिडियोसहित) दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित) पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित) भिडियो हेर्नुहोस् https://youtu.be/NP6jze14C5M  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय