कोरियाली भाषा परिक्षामा ५१ हजार बढीले भरे फर्म

काठमाडौं, ६ बैशाख- कोरियाली भाषा परिक्षाका लागि यसबर्ष ५१ हजार ४ सय ९९ ले फर्म भरेका छन् । गत बैशाख ३ गते सुरु भएको फर्म भर्ने आइतवार अन्तिम दिन थियो । यसपटक राजधानी बाहिरका विभिन्न ठाउँ सहित १० वटा केन्द्रबाट फर्म संकलन गर्ने व्यवस्था गरिएको थियो । गत बर्ष ७ स्थानबाट फारम भर्न पाइने व्यवस्था थियो । इपिएस कोरिया शाखाका अनुसार छैटौं कोरियाली भाषा परिक्षाका लागि काठमाडौं उपत्यकाबाट २६ हजार ८ सय ५५ जनाले फर्म भरेको छन् । यसैगरी उपत्यकाबाहिरबाट २४ हजार ६ सय ४४ जनाले फर्म भरे । उपत्यकामा रहेका केन्द्र मध्ये सवैभन्दा धेरै बनकालीमा रहेको केन्द्रबाट फर्म भरिएको छ । सो केन्द्रबाट ७ हजार १ सय ९६ जनाले फर्म भरे । यसैगरी महाराजगञ्जबाट ६ हजार ४ सय ७६ जनाले फर्म भरेको इपिएस कोरिया शाखाले जनाएको छ । कीर्तिपुरबाट ६ हजार ५ सय ५६, च्यासलबाट ४ हजार ३ सय ९२ तथा सातदोवाटोमा रहेको केन्द्रबाट २ हजार ४ सय ३५ जनाले फर्म भरे । राजधानी बाहिर सवैभन्दा बढी धरानबाट फर्म भरिएको छ । सो ठाउँबाट ९ हजार ८९ जनाले फर्म भरेका छन् । यसैगरी पोखराबाट ८ हजार ३ सय ३५, बुटवलबाट ६ हजार ४ सय ३१, डडेलधुराबाट ६ सय ८ तथा जनकपुरबाट १ सय ८१ जनाले फर्म भरेको इपिएस कोरिया शाखाका निर्देशन डिल्लीराम बाँस्तोलाले जानकारी दिए । परिक्षा आगामी जेष्ठ ३० र ३१ गते हुनेछ । ईपीएसले यसपटक देखि उपत्यकाबाहिर पनि भाषा परिक्षा सञ्चालन गर्दैछ । त्यसका लागि पोखरालाई छानिएको छ । इपिएस प्रमुख बाँस्तोलाका अनुसार सो परिक्षामा पोखराबाट फर्म भर्नेहरु सहभागी हुन पाउनेछन्। कोरियामा काम गर्न जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्छ। नेपाल र कोरिया सरकारबीच भएको सम्झौता अनुसार नेपालले सन् २००८ देखि कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कामदार पठाउन थालेको हो। नेपालीका लागि आकर्षक गन्तव्यका रुपमा विकास भएको कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्। यसबाहेक ओभरटाइम काम गर्ने सुविधा पनि हुन्छ। हाल २६ हजार नेपालीले त्यहाँ काम गरिरहेका छन्। भाषा परिक्षा पास गरेका मध्येबाट आगामी बर्ष सात हजार एक सय नेपाली कोरिया जान पाउनेछन् । यो पनि पढ्नुहोस् कहाँ होलान् उनीहरु ?  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय