कतारमा शोया दाहालको शोकसभा

चिरन्जिबी तिम्सिना, दोहा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद कतारले संस्थाको वर्तमान कार्य समिति सदस्य श्रीमती सोया दाहालको तेह्रौ पुण्य तिथीको अवसर परी दोहा कतारमा श्रदान्जली सभा आयोजना गरेको छ । दाङको सामामान्य परिवारमा जन्मेकी र विवाह पश्चात काभ्रे घर भएकी दाहालका एक छोरा र एक छोरी छन् । दुई सन्तानलाई उच्च शिक्षा पढाउन उनी करिब पाँच वर्ष अगाडी देखि कतारको एक क्लिनिङ कम्पनीमा कार्यरत थिइन् । केहिदिन अगाडी मात्र आफ्नो बार्षिक बिदा मनाउन नेपाल गएकी उनले कतार फर्किन बैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर घर फर्कदै गरेको अवस्थामा स्वयम्भूको ठूलो भर्याङ नजिकै ट्यांकरले ठक्कर दिंदा उनको घटना स्थलमै निधन भएको थियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, कतारले गरेको उक्त शोकसभाको सभापतित्व संस्थाका प्रथम उपाध्यक्ष कुमार कार्कीले गरेका थिए । सो शोकसभामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि बि कार्की, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसदका सदस्य उमेश अधिकारी, संस्थाका प्रमुख सल्लाहकार गुरुनारायण रानाभाट, नेपाली जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति देवराज अवस्थी लगायत विभिन्न संघ सस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो सभामा श्रीमती सोया दाहाल प्रति श्रद्धाञ्जली प्रकट गर्दै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि बि कार्कीले मृतक दाहालले कतारमा रहँदा दाङमा एउटा एम्बुलेन्स सञ्चालन गर्ने तथा आफ्ना छोरालाई कतारमा कुनै राम्रो काममा ल्याउने इच्छा राखेको हुँदा त्यसका लागि काम गर्नुपर्ने बताए । यसैगरी संस्थाका प्रमुख सल्लाहकार गुरुनारायण रानाभाटले स्वर्गीय दाहाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारमा मात्र नभएर कतारमा स्थापित विभिन्न संघ सस्थाहरुमा आबद्दरही नेपाली समुदायका लागि निरन्तर सहयोग पुर्याउदै आएकी एक कर्तब्यशील नारी हुन् भन्दै उनको दुखद निधन प्रति गहिरो दुख व्यक्त गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय