कतारमा १० हजार नेपाली नाँचे कलाकारको प्रस्तुतीमा (तस्वीरहरु सहित)

दिपक पुडासैनी, दोहा – नेपालको चलचित्र, लोकगित, पपगित, आधुनिक गित, नृत्य र हांस्यब्यग्यको क्षेत्रमा नाम  कमाएका करिव डेढ दर्जन नेपाली कलाकारले एक साथ कतार आएर एकैथलोमा झण्डै १० हजार दर्शकलाई हँसाउन तथा नचाउन सफल भएका छन । राजेश हमालको स्टेज प्रोग्रामहरु मध्ये अत्यन्तै अलग्गै बन्न सफल सो कार्यक्रममा पहिलो पटक हमालले प्रियंका कार्कीसंग अभिनयका साथ रिमिक्स गितमा डान्स गरेका थिए । उनी स्टेज छिरे देखिनै हलमा उपस्थित दर्शक बस्नै सकेनन्, हुटिङ्गका साथ नाचिरहे । दोस्रो पटक सुस्मा कार्कीसंग नाच्दा नाच्दै म्यूजिक सिस्टमले धोका दिएपछी भने उनले आफ्ना चर्चित डाइलगहरु बोलेका थिए । राई इज किङ्गको उपाधिले चर्चित राजेश पायल राईले म तिमि बिना अपुरो, दिक्तेल बजार कान्छि दिक्तेल बजार, म त मर्छुकी क्या हो ठुली बोलको गीतमा दर्शन नचाए । उनलाई यसगितमा इन्दिरा जोशी, माल्भिका सुब्बा र तक्मे बुढाले साथ दिएका थिए । यस बाहेक उनले दर्शन नमस्ते लगायत आधादर्जन गित गाएर दर्शकलाई मनोरन्जन प्रदान गरे । अन्त्यमा उनले मोहनी लाग्ला है बोलको गित गाएका थिए । गायीका सिमा संग्रौलाको एक्लो रातलाई सुस्तरी सुस्तरी बोलको गितबाट आरम्भ भएको कार्यक्रम लगतै नृत्य निर्देशक शंकर बिसी र नृत्याङ्गना रस्मि गुरुङ्गले मिक्स लोकगितमा गरेको नृत्यले दर्शकलाई बसेको स्थानबाट जुरुक जुरुक उचालेको थियो । गायिका चन्दा अर्यालको म त भन्छु आइ लभ यू, झयाप्पै माया लाइहाल सोल्टी ज्यू तथा खान्न म त पिडालु कोक्यायो गितसंगैको नृत्यले पनि दर्शक ननाचिरहन सकेनन ।004 नेपाली पहिरनमा सजिएर नायिका प्रियंका कार्कीले कम्मर माथि पटुकी पटुकी माथि घैला बोलको गितमा सारा दर्शक मन्त्र मुग्ध बनेका थिए । लगतै मिलन लामा हाबा मिठो हिमालको पानी मिठो कलको परदेशमा बसे पनि नेपालकै झल्को भन्दै स्टेजमा झुल्किए र पुरानो लोकगित छमछम नाचिदेउ निहुरेर हातमा रुमाल कानमा फूल सिउरेर देखि माझि दाई पोखरा फेवा तालको सम्मका गित गाएर दर्शकलाई मनोरन्जन गराउन सफल भएका थिए । लै बरी मेरो मायालु गितमा हट नृत्य पस्केकी सुस्मा कार्कीको नृत्यले साँझको चिसिदै गएको रातलाई तताउन सफल भएको थियो ।003 तक्मे बुढाको ब्यंग्यात्मक झटारोले राजेश हमाल, प्रियंका कार्की र सुस्मा कार्कीलाई घाइते त बनायो नै, कार्यक्रमको भिडियो खिचिरहेका बिदेशी क्यामराम्यानलाई क्यामरानै छोडेर हिड्नु पर्ने बनाए । दर्शकले तक्मेबुढाबाट भरपुर मनोरन्जन लिएको देख्न सकिन्थ्यो । कार्यक्रममा भोजपुरी नायिका एवं नृत्याङ्गना डली सरकार, गायिका सुनिता शाह र गायक आभाष लाभको भोजपुरी, मैथली र हिन्दि गित तथा नृत्यमा पनि दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । 002 बक्स अफ ईभेन्ट कम्पनीको प्रस्तुती अल जमान एक्सचेन्ज र भिजन ग्रुपको आयोजनामा सम्पन्न कार्यक्रम पूर्व मिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेकी थिइन । आयोजक दुई संस्थाले संयूक्त रुपमा नेपालको बृद्दाश्रम र अनाथ बालबालिकाको सहयोगको लागि रु १ लाख ११ हजार १ सय ११ को चेक नायक राजेश हमालको हातबाट क्रिस्टल क्लब नेपालका उपाध्यक्ष एलडी शेर्पालाई हस्तान्तरण गरेका थिए । कार्यक्रम प्रायोजक मध्येको एक कम्पनी मिस्टर लाइटले आफ्नो नायां उत्पादन प्रोटेबल फ्यानको गायीका इन्दिरा जोसीको हातबाट लोकार्पण गरेको थियो । 007

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय