युएईमा कोहिनुर प्रदर्शन

त्रिलोचन कोइराला, दुवई- नेपाली चलचित्र कोहिनुर दुवईमा प्रदर्शन भएको छ । गोल्डेन सिनेमा हलमा सो चलचित्र हेर्न दर्शक खचाखच भरिएका थिए । डिजिटल प्रविधिबाट बनेका चलचित्रमा पहिलो पटक दुबईमा प्रदर्शन गरिएको कोहिनुर यूएईमा बहुप्रतिक्षित नेपाली चलचित्र थियो । चलचित्र प्रदर्शनको क्रममा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम दर्शकको भीडका कारण मध्यान्तरमा मात्र गर्न सकिएको आयोजकले बताएका छन । अतिथि कलाकार निर्माता निर्देशक दिपक खाँडले सञ्चालन गरेको श्रद्धाञ्जली कार्यक्रममा युएईका अधिकाँश संस्थाका प्रतिनिधि सहभागि थिए । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै उनको सम्झनामा मौनधारण गरिएको थियो । अष्ट्रेलिया, मलेसिया, अमेरिका, कोरिया लगायतका देशमा प्रदर्शन गरिसकेपछि दुबईमा चलचित्र प्रदशन भएको हो । चलचित्र हेरेर बाहिर निस्केका सबै दर्शकले नेपाली दर्शकहरुले चलचित्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भन्दा पनि स्तरीय चलचित्र भएका कारण हेर्न आएको प्रतिक्रिया दिएका थिए ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय