एजेन्सी- भारतको दिल्लीस्थित करावल नगर इलाकाबाट एक गर्भवती महिलाको अपहरण गरी उनको पेटबाट बच्चा चोरेको सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । एक कम्प्यूटर इन्जिनियरकी गर्भवती पत्नीलार्इ अपहरण गरेर उनको पेटमा हुर्कँदै गरेको शिशु नै निकालेर लगिएको हो । बुधवार घर नजिकैबाट पहिचान नखुलेका युवाहरुको समूहले उनलार्इ नशालु पदार्थ सुँघार्इ अपहरण गरेका थिए । साँझको समयमा जब ती महिलाको होस खुल्यो, उनी उत्तर प्रदेशको बडौतस्थित जंगलमा आफूलार्इ पाएकी थिइन् । ती महिलाको होस खुल्दा उनको पेटबाट शिशु गायब भइसकेको थियो । पेटबाट बच्चा गायब भएपछि उनी सहयोग माग्दै पुन दिल्ली पुगेकी थिइन् । उनले दिल्ली पुगेर बिहीबार घटनाबारे करावल नगर प्रहरी थानामा उजुरी दिइन् । पुलिस महिलालार्इ स्थानीय जिटीबी अस्पतालमा भर्ना गरी छानबिन अघि बढाइरहेको छ । पुलिसका अनुसार ३२ वर्षीया सपना उनको परिवारको साथमा प्रेम विहार, करावल नगरमा बस्दै आएकी थिइन् । उनको परिवारमा पति र ६ वर्षकी छोरी छन् । सपना नौ महिनाकी गर्भवती थिइन् । बुधवार बिहान करिब साढे ९ बजे सपना केही कामका लागि घर बाहिर निक्लेकी थिइन् । यसबीच सुनसान ठाउँमा उनी पुगेको मौका पारेर वदमाशहरुले नशालु पदार्थ सुँघार्इ सपनालार्इ अपहरण गरे । साँझ करिब पाँच बजे सपना खुल्दा उनले आफूलार्इ जंगलमा पाएकी थिइन् । जंगलबाट सडकमा निस्केपछि उनले आफू उत्तर प्रदेशमा रहेको पत्ता लगएकी थिइन् । सपनाले प्रहरीलार्इ दिएको बयानमा उनको नौ महिनाको गर्भमा रहेको बच्चा पनि गाय भइसकेको थियो । उनले आफूमाथि आइपरेको आपतबारे राहगिर नामका मानिसलार्इ बताएपछि उनैले दिल्ली पु्र्याएका थिए । घटनाबारे सपनाले आफ्ना पतिलार्इ खबर गरे । यता सपनाका पतिले करावल नगर थानामा पत्नी हराएको सूचना दर्ता गराइसकेका थिए । पेटबाट बच्चा निकालिएपछि गम्भीर हालतकी उनलार्इ अस्पताल भर्ना गरिएको छ । बिहीबार पतिसँगै गएर सपनाले प्रहरीलार्इ घटनाबारे बताएकी छन् । जानकारी पाएपछि पुलिस अधिकारीले घटनाको जाँच थालिएको जानकारी दिएको छ । अन्नपूर्ण पोष्टमा प्रकाशित यो पनि पढ्नुहोस् श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1