
दुवई- एक लेवननी महिलालाई यौन दुव्र्यवहार गरेको अभियोेगमा एकजना सुरक्षाकर्मी पक्राउ परेका छन् । ति सुरक्षाकर्मीले ति महिलालाई क्याफेमा लैजाने भन्दै आफ्नो गाडीमा चढाएर मरभूमिको बीचमा पुर्याएर जवर्जस्ती गरेको अभियोग लागेको छ । छोटकरीमा इएम नाम दिइएका १९ बर्षिय ति सुरक्षाकर्मीले२५ बर्षिय ति लेवननी महिलालाई कफी खान प्रस्ताव गरेको समाचारमा जनाइएको छ । तर ति महिला आफ्नो गाडीमा बसिसकेपछि ति सुरक्षाकर्मीले गाडीलाई सुनसान ठाउँमा पुर्याएर यौन दुव्र्यवहार गर्न खोजेको महिलाले अभियोग लगाएकी छिन् । ति व्यक्तिले आफूसँग यौन सम्वन्ध राख्न दवाव दिएको ति महिलाले प्रहरीलाई बताएकी छिन् । आफूलाई बलात्कारको प्रयास गरेको ति महिलाको दावी छ । ‘मलाई कफीको प्रस्ताव गरेर म गाडीमा बसिसकेपछि उनीहरुले गाडीको ढोका बन्द गरिदिए जसका कारण मैले सहयोग माग्न सकिन’ ति महिलाले भनेकी छिन् । ‘उनीहरुले जुवेल अलिको नजिकै पुर्याएर गाडी रोके’ उनले भनिन् ‘त्यसपछि सो व्यक्ति(सुरक्षाकर्मी) ले मलाई गाडीमै बलात्कार गर्यो ।’ ‘उसको साथिले पनि मलाई बलात्कार गर्न खोज्दा मैले मेरो ढाड दुखेका कारण छोडिदिन रोइकराई गरेपछि उसले केहि गरेन । उनीहरुले प्रहरीको कार्ड देखाए र मलाई घटनाका बारेमा कसैलाई नभन्न धम्की दिए’ ति महिलाले भनेकी छिन् । ‘त्यसपछि उनीहरुले मलाई ल्याएर अल बरस नजिकैको ट्याक्सी स्टेण्डमा छोडेर भागे । त्यसपछि म आफू बसेको ठाउँमा पुगेर प्रहरीलाई खवर गरें’ ति महिलालाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ । तर ति सुरक्षाकर्मीले भनें ति महिलाले आफू दुवईमा नयाँ भएको र बाटोको बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै आफूसँग कुनै ठाउँमा पुर्याइदिन सहयोग मागेको बताएका छन् । गाडीमा बसिसकेपछि उनले आफूसँग यौनसम्वन्धको प्रस्ताव राखेको र आफूले त्यसलाई अस्वीकार गरेको उनको दावी छ । पछि ति महिलाको बयानका आधारमा लिइएको बयानमा ति सुरक्षाकर्मीले आफूले रकम दिएर ति महिलासँग यौन सम्वन्ध राखेको स्वीकारेका छन् । ‘एउटा क्याफेमा भेटिएकी उनले २५ सय दिराम मागेकी थिइन् । तर यौनसम्वन्ध पश्चात १५ सय दिराम मात्र रकम दिएपछि ति महिला रिसाएर प्रहरीमा बलात्कारको उजुरी गरेको हो’ ति व्यक्तिको दावी छ । यो घटनाको सुनुवाई आगामी अप्रिल २८ तारिखमा हुने भएको छ । यो पनि पढ्नुहोस् श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग