गोली हानेर २० जना कामदारको हत्या

क्वेटा (पाकिस्तान) –पाकिस्तानको दक्षिणपश्चमी भागमा अवस्थित तनावग्रस्त प्रान्त बलुचिस्तानमा बन्दुकधारीले २० जना निर्माण मजदुरलाई उनीहरूको आएको स्थान बारे जानकारी प्राप्त गरेपछि नजिकबाटै गोली हानी हत्या गरेको अधिकारीहरूले बताएका छन् । तेल, ग्यास खनिजले धनी उक्त प्रान्तमा अधिक नियन्त्रण प्राप्त गर्न पृथकतावादीहरूले प्रयास गरिरहेका छन् र यो क्षेत्र हाल हिंसाग्रस्त छ । यहाँ बन्दुकधारीहरूले बाहिरबाट आएका व्यक्तिले यहाँ बसोबास गर्न चाहेको भनी उनीहरूमाथि आक्रमण गरिरहेका छन् । यस प्रान्तका वरिष्ठ प्रहरी अधिकारी तारिक खिलजीले सशस्त्र बन्दुकधारीले बलुचिस्तानको गोख दोन क्षेत्रमा कामदारको शिविरमा प्रवेश गरी ती २० कामदारको हत्या गरेको बताए। हुसेनले अर्धसैनिक बलले यी कामदारलाई सुरक्षा दिइरहेको र ठूलो सङ्ख्या सशस्त्र आक्रमणकारीले आक्रमण गरेपछि उनीहरू त्यहाँबाट भागेको बताए। उक्त आक्रमणको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन र हुसेनले विद्रोहीले यस स्थानमा बसोबास गर्ने गैर बलुच व्यक्तिमाथि आक्रमण गर्ने गरेको बताए। रासस यो पनि पढ्नुहोस् मलेसियामा नेपालीलाई लुट्ने विदेशी, ठग्ने नेपाली  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय