नेपालीलाई डेढ लाखसम्म तलव

काठमाडौं – बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ।

नेपाली कामदार इमान्दार भएकाले उनीहरूलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको हो।

बहराइनले अबदेखि आफ्ना मुलुकका रोजगारदाताले तोकिएको तलब र सुविधा दिएनदिएका बारेमा सूक्ष्म अनुगमन गर्ने विश्वाससमेत नेपाललाई गराएको छ।

अब अर्धदक्ष कामदारले पनि मासिक ४० हजार रुपैयाँ कमाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।

अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस्

मलेसियामा नेपालीलाई लुट्ने विदेशी, ठग्ने नेपाली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय