नेकपा माओवादीको भातृ संगठनले बुझायो साउदीमा ज्ञापनपत्र

साउदी, चैत्र २८ – नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले विभिन्न १० बुँदे माग राखी साउदी स्थित नेपाली दुतावासमा ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी विदेश विभाग अन्र्तगतको मोर्चाले बुझाएको ज्ञापन पत्रमा मेनपावरले आकर्षक र आर्थिक प्रलोभवन देखाएर रोजगारदातालाई विदेशमा पठाएर अलपत्र पार्ने गरेको भन्दै त्यस्ता मेनपावरलाई कडाभन्दा कडा कार्बाही गर्नुका साथै लाइसेन्स खारेज गर्नु पर्ने, श्रमविभाग र रोजागारदाता लिने कम्पनिसंग फरक फरक सम्झौता गरिएको पाइएकोले त्यसलाई बन्द गर्न एयरपोर्टमा कडा चेकजाँच गर्नु पर्ने माग राखिएको छ ।   त्यसैगरी मोर्चाद्वारा राखिएका अन्य मागहरुमा साउदी अरबमा पुगेका घरेलु महिला कामदारको अवस्था दयिनिय भएको भन्दै गैरकानुनी रुपमा महिला कामदार पठाउने गिरोहको पहिचान गरी तत्काल कार्बाही गर्नु पर्ने, सवारी दुर्घटनामा परि ज्यान गुमाउने नेपाली कामदारको संख्यामा वृद्धि भएको भन्दै मृत्यु भएको २ महिना भित्र स्वेदेश पठाउने व्यवस्था गर्नुपर्ने, नेपाल सरकार र साउदी सरकार विच बैज्ञानिक श्रम सम्झौता गर्नु पर्ने, दुतावासको सरणमा पुग्ने पिडित कामदारलाई भोजन र आबासको व्यवस्था गर्नु पर्ने लगाएतका माग राखिएको छ । ज्ञापन पत्र बोधार्थ मार्फत नेकपा माओवादी अन्तर्राष्ट्रिय व्युरो, परराष्ट्रमन्त्रालय, श्रम विभाग, श्रम मन्त्रालय, अध्यागमन विभाग, बैदेशीक रोजगार संघमा पनि पठाइएको नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबका प्रचार विभाग प्रमुख रामु बस्नेतले जानकारी दिएका छन् । मोर्चाका अध्यक्ष दिल सुब्बा र महासचिव किशोर कवँरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको थियो । रातोपाटीबाट यो पनि पढ्नुहोस् श्रीमान् साउदीमै बेपत्ता, श्रीमतिलाई भुक्तमान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय