थर्चा भए तामाङ्ग समाजका अध्यक्ष

दिपक पुडासैनी, दोहा- नेपाल प्रवासी तामाङ्ग समाज कतारको शुक्रबार दोहामा सम्पन्न छैठौ अधिवेशनले थार्चा लामालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । २७ सदस्य रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा तिर्थ थिङ्ग तामाङ्ग, द्धितिय उपाध्यक्षमा तेजबहादुर मोक्तान, महासचिवमा इन्द्र बहादुर पाख्रिन, सचिव कमल योञ्जन, कोषाध्यक्ष प्रकाश माम्बा तामाङ्ग र सह कोषाध्यक्षमा सन्देश तामाङ्गलाई चयन गरेको हो ।

यसैगरी सदस्यहरुमा नरबहादुर तामाङ्ग, इन्द्र तामाङ्ग, श्याम मोक्तान, सुकमान मोक्तान, शिशिर तामाङ्ग, दुर्गा तामाङ्ग, अमृत घिसिङ्ग, ग्यान बहादुर तामाङ्ग, किरण तामाङ्ग, राजेन्द्र बहादुर तामाङ्ग, नेत्र कुमार वाइबा, सम्बा बोम्जन, सुन बहादुर तामाङ्ग, श्याम मोम्बा तामाङ्ग, र धिरेन तामाङ्गलाई चयन गरेको छ । बाकी ५ सदस्य कार्यसमितिले पछि चयन गर्ने जानकारी प्राप्त भएको छ ।

जनजाती महासंघका कतार शाखाका महासचिब पुरुषोत्तम सुनुवारको प्रमुख अतिथ्यमा तथा गैर आवासिय नेपाली संघ कतारका उपाध्यक्ष सुक बहादुर तामाङ्गको बिशेष आतिथ्यतामा सम्पन्न अधिबेशन माइला वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब मोहम्मद अजिज अलि, तमु समाजका अध्यक्ष कृष्ण गुरुङ्ग, किरात राई योयक्खाका एकराज राई, मगर संघका महेन्द्र थापा, महिला समाजका रेखा राई, धनकुटा सेवा समाजका दुर्गा तामाङ्ग, ओखलढुंगा सेवा समाजका अशोक सिङ्गदेल, हिमालय युवा समाजका शुकमान तामाङ्ग, गैर आवासिय मजदुर यातायात संघका पुर्ण लोप्चन लगायतले अधिबेसनको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

तामाङ्ग समाज कतारले अफ्नो समुदायको नागरिकको शैक्षिक उन्नतिका लागि स्थापना गरेको शैक्षिक विकाश कोषको रकम बढाएर १० लाख पुर्याउने निर्णय गरेको छ । हाल उक्त कोषबाट एसएलसीमा उत्कृट नतिजा ल्याउने तामाङ्ग समुदायको एक छात्र तथा एक छात्रालाई नगद सहित सम्मानपत्र प्रदान गर्दै आइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय