
दोहा, एशियन कम्युनिटी लिग अन्तर्गतको फुटबल खेलमा आज नेपाल श्रीलंकासँग खेल्दैछ । खेल आज (विहिवार) साँझ कतारको समयानुसार ८ बजेबाट कतार फुटबल एसोसिएसनको टेक्निकल ग्राउण्डमा हुनेछ ।
गत अप्रिल ३ तारिखमा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा नेपालले फिलिपिन्सलाई शुन्यको बिरुद्ध ७ गोल गरी विजय हासिल गरेको थियो । सो खेलमा सुरज सेन्चुरीले दुई गोल गरेका थिए भनें समीर तामाङ, बालकृष्ण लामा, प्रवीण तिम्सिना, त्रिपेन राई र अनिल भुजेलले एक एक गोल गरेका थिए ।
नेपाली फुटबल टिमका खेलाडीहरुको मनोबल बढाउनको लागि सम्पुर्ण संघ संस्थाका प्रतिनिधि तथा खेल प्रेमीहरुलाई उपस्थितीका लागि नेपाली फुटबल टिमका अध्यक्ष सञ्जीव रानाभाटले आग्रह गरेका छन् ।
श्रीलंका विरुद्धको खेल जितेमा नेपाल सेमफिाइलनमा पुग्नेछ ।
यो पनि पढ्नुहोस्
श्रीमान् साउदीमै बेपत्ता, श्रीमतिलाई भुक्तमान